देवदह। रुपन्देहीको देवदहमा डि युनिटी क्लबद्वारा आयोजित देवदह प्रिमियर लिग (डीपीएल) सिजन -३ अन्तर्गत बुधबार भएको पहिलो खेलमा खैरेनी ग्लाडियटर्स विजयी भएको छ। खैरेनी ग्लाडियटर्सले शंकरपुर सुपर किंग्स ७ विकेटले पराजित गरेको हो। तिन खेलमा तिन खेल नै जितेको खैरेनी ग्लाडियटर्स अंक तालिकाको शिर्ष स्थानमा छ ।
देवदह–७ स्थित देवदह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको शंकरपुर सुपर किंग्सले १९ दशामलभ ४ ओभरमा अल आउट हुदै १०२ रन बनाएको थियो। टिमका लागि निश्चल ज्ञवालीले २८, सुरज खड्काले २० र बिनोद काफ्लेले १८ रनको योगदान दिए। बलिंङ्ग तर्फ खैरेनी ग्लाडियटर्सका कमल जैसी र अनिल यादवले उत्कृष्ट बलिङ गर्दै समान ३-३ विकेट लिए।
१०३ रनको लक्ष्य पछ्याएको खैरेनी ग्लाडियटर्सले १५ ओभरमा ३ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्यो। टिमका लागि कमल जैसीले ३०, सुरज सारुले २९ र अनिल यादवले २५ रनको योगदान दिए। बलिंग तर्फा शंकरपुर सुपर किंग्सका मनोज यादव, सुरज खड्का र सुन्दरले समान १-१ विकेट लिए।
बलिङमा ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिनुका साथै ब्याटिङमा ४० बलमा ३० रन बनाएका कमल जैसी खेलको म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।