देवदह। रुपन्देहीको देवदहमा डि युनिटी क्लबद्वारा आयोजित देवदह प्रिमियर लिग (डीपीएल) अन्तर्गत सोमबार भएको पहिलो खेलमा खैरेनी ग्लाडियटर्स विजयी भएको छ। खैरेनी ग्लाडियटर्सले ढेकावर योद्धाज्लाई ३ विकेटले पराजित गरेको हो। दुई खेलमा दुई जित हासिल गर्दै खैरेनी ग्लाडियटर्स अंक तालिकाको शिर्ष स्थानमा छ ।
देवदह–७ स्थित देवदह क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ढेकावर योद्धाज्ले २० ओभरमा ५ विकेट गुमाउँदै ११४ रन बनाएको थियो। टिमका लागि रामनाथ कुर्मीले ३८, सम्राट थापाले २० र हेमन्त थापाले १५ रनको योगदान दिए। बलिंङ्ग तर्फ साजाद आलमले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिए। त्यस्तै, अनिल यादव, रुपेश कुर्मी र कमल जैसीले समान १-१ विकेट लिए।
११५ रनको लक्ष्य पछ्याएको खैरेनी ग्लाडियटर्सले १९ दशमलभ २ ओभरमा ८ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्यो। टिमका लागि रुपेश कुर्मीले ४६ रन बनाए भने सुरज सारुले ३१ रनको योगदान दिए। ढेकावर योद्धाज्का घनश्याम लोध र जितेन्द्र गुप्ताले समान ३-३ विकेट लिए।
बलिङमा ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिनुका साथै ब्याटिङमा २० बलमा ४६ रन बनाएकारुपेश कुर्मी खेलको म्यान अफ द म्याच घोषित भए।
प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।