Pixel wave advertisement

'देवदह प्रिमियर लिग: शंकरपुर सुपर किंग्स १  विकेटले विजयी'

१९ घण्टा अगाडि

देवदह। रुपन्देहीको देवदहमा डि युनिटी क्लबद्वारा आयोजित देवदह प्रिमियर लिग (डीपीएल) सिजन-३  अन्तर्गत सोमबार भएको दोश्रो खेलमा शंकरपुर सुपर किंग्स विजयी भएको छ। शंकरपुर सुपर किंग्सले टटेरा डाईनामाईटलाई  १ विकेटले पराजित गरेको हो।

Advertisement

देवदह–७ स्थित देवदह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको टटेरा डाईनामाईटले २० ओभरमा अल आउट हुदै ८३ रन बनाएको थियो। टिमका लागि नरेश मगरले  २८ र प्रकाश भण्डारीले १८ रनको योगदान दिए भने अन्य कुनै ब्याट्सम्यानेले दोहोरो अंक ल्याउन सकेनन् । बलिंङ्ग तर्फ शंकरपुर सुपर किंग्सका सुन्दर र मनोजले समान ३-३ विकेट लिए। त्यस्तै, सुरज खड्काले २ र लाल बहादुरले १ विकेट लिए।

Advertisement

८४ रनको लक्ष्य पछ्याएको शंकरपुर सुपर किंग्सले १९ दशमलभ ३ ओभरमा ९ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्‍यो। टिमका लागि सुरज खड्काले अभिजित ३६ रन र महेश मल्लाहले १६ रनको योगदान दिए। टटेरा डाईनामाईटका रबिश कुर्मीले ४ र डेविट थापाले २ विकेट लिए।

Advertisement

बलिङमा ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिनुका साथै ब्याटिङमा ३९ बलमा ३६ रन बनाएका सुरज खड्का खेलको म्यान अफ द म्याच घोषित भए।

प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

एनपीएलमा आज पहिलाे खेलमा विराटनगर र चितवन तथा दाेस्राे खेलमा जनकपुर र कर्णाली भिड्दै

देवदह प्रिमियर लिग: खैरेनी ग्लाडियटर्स ३  विकेटले विजयी

देवदह प्रिमियर लिग: बिर्ता राइनोज ६ विकेटले विजयी

देवदह प्रिमियर लिग(डिपीएल) सुरु: उद्घाटन खेलमा खैरेनी र ढेकावर विजयी

जाजरकोटमा अटो दुर्घटना, एक जनाको मृत्यु, ४ जना घाइते

गुल्मी जिप दुर्घटनामा परी ३ जना घाइते

एनपीएललाई आईसीसीको मान्यता, आगामी एसिया सम्मेलन नेपालमा आयोजना हुने

देवदहमा महिला स्वास्थ्य स्वयंसेविकाका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी तालिम सम्पन्न