Pixel wave advertisement

'देवदह प्रिमियर लिग(डिपीएल) सुरु: उद्घाटन खेलमा खैरेनी र ढेकावर विजयी'

कार्तिक ८, २०८३

रुपन्देहीको देवदहमा देवदह प्रिमियर लिग(डिपीएल) सिजन-३ सुरु भएको छ । डि–युनिटी युथ क्लबले आयोजना गरेको डिपिएल कार्तिक २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको शनिबार एक कार्यक्रम बिच देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले उद्घाटन गर्नुभएको हो ।

Advertisement

प्रतियोगिताको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले मैदानको व्यवस्थापन तथा स्तरोन्नतिका लागि नगरपालिकाले बजेट विनियोजन गरेको बताउनुभयो। उहाँले मैदानलाई व्यवस्थित र उपयोगी बनाउन नगरपालिकाले आवश्यक पहल गरिरहेको उल्लेख गर्नुभयो। साथै, आगामी दिनमा पनि मैदानको विकास र व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । मैदानको उचित व्यवस्थापनले स्थानीयवासी तथा खेलाडीहरूलाई थप सहजता पुग्ने उहाँको भनाइ थियो।

Advertisement

उद्घाटन खेलमा खैरेनी ग्लाडियटर्स विजयी

प्रतियोगिताको उद्घाटन खेलमा खैरेनी ग्लाडियटर्सले टटेरा डाइनामाइट्सलाई २८ रनले पराजित गरेको छ। टस जितेर पहिले फिल्डिङ रोजेको टटेराविरुद्ध खैरेनीले ११५ रनको लक्ष्य दिएको थियो। तर, लक्ष्य पछ्याउने क्रममा टटेरा दबाबमा पर्दै निर्धारित ओभरमा ८७ रनमै समेटियो। खैरेनीको जितमा उत्कृष्ट बलिङ गरेका अनिल यादव खेलको म्यान अफ द म्याच घोषित भए। उनले टटेराविरुद्ध ३ विकेट लिएका थिए।

Advertisement

दोस्रो खेलमा ढेकावर योद्धाज् विजयी

शनिबार नै भएको दोस्रो खेलमा ढेकावर योद्धाज्ले शंकरपुर सुपरकिङ्ग्सलाई ३ विकेटले हराएको छ। टस जितेर पहिले ब्याटिङ गरेको शंकरपुरले ९ विकेट गुमाउँदै १०५ रन बनाएको थियो। १०६ रनको लक्ष्य पछ्याएको ढेकावरले ७ विकेट गुमाएर लक्ष्य पूरा गर्दै जित हात पार्‍यो।

आइतबार दुई खेल हुने

आठ टिम सहभागी प्रतियोगिताअन्तर्गत आइतबार दुई खेल हुनेछन्। पहिलो खेलमा शित्तलनगर सुपर स्टाइकर्स र विर्ता राइनोज् भिड्नेछन् भने दोस्रो खेलमा भलुही राइजिङ र सिता मेडिकल भवानीपुर रोयलबीच प्रतिस्पर्धा हुनेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

जाजरकोटमा अटो दुर्घटना, एक जनाको मृत्यु, ४ जना घाइते

गुल्मी जिप दुर्घटनामा परी ३ जना घाइते

एनपीएललाई आईसीसीको मान्यता, आगामी एसिया सम्मेलन नेपालमा आयोजना हुने

देवदहमा महिला स्वास्थ्य स्वयंसेविकाका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी तालिम सम्पन्न

देवदह बुद्ध पब्लिकमा शुभकामना आदानप्रदान कार्यक्रम

रोटरी क्लब अफ देवद्वाराद्वारा १० लाख रुपैयाँ बराबरको विपद् पूर्वतयारी तथा राहत सामग्री हस्तान्तरण

लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा पुग्दा कारोबार ४ अर्ब ७० करोड

तिब्बती भाषा अध्ययनका लागि भारत लैजाँदै गरिएका २५ बालबालिकाको गड्डाचौकी नाकाबाट उद्धार