Pixel wave advertisement

'लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा पुग्दा कारोबार ४ अर्ब ७० करोड'

असोज २९, २०८३

बिहीबार लगातार छैटौं कारोबार दिन सेयर बजार बढेको छ । अघिल्लो दिन २१.३२ अंक बढेको बजार आज ४.५६ अंक बढेको हो । आजको वृद्धिपछि नेप्से २६२५ अंकमा कायम भएको छ ।

Advertisement

धेरै पछि आज बैंकिङ समूह ०.१६ प्रतिशत घटेको छ । फाइनान्स समूह सबैभन्दा धेरै १.०३ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ०.३५, होटल तथा पर्यटन ०.२७, जलविद्युत् ०.६०, लगानी ०.७८, जीवन बीमा ०.१६, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.५४ प्रतिशत बढे ।

Advertisement

घटेका समूहमा बैंकिङका अलवा अन्य ०.१९, व्यापार ०.५५, उत्पादन तथा प्रशोधन ०.०६ प्रतिशत घटे । आज कारोबार रकम केही बढेको छ । ४ अर्ब १३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७० करोडको भयो ।

Advertisement

७१ कम्पनीको मूल्य बढ्दा ९१ को घटेको छ । १५ कम्पनीको मूल्य स्थिर रह्यो । हालै सूचीकृत भएको बेनी हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढ्यो । सो कम्पनीको मूल्य प्रतिकित्ता ३१३.९० रुपैयाँ पुगेको छ ।

हिमालयन एभरेस्ट इन्स्योरेन्सको ६.३५, मञ्जुश्री फाइनान्सको ४.४४, रिडी पावरको ३.७५, विन्ध्यबासिनी हाइड्रोपावरको ३.५८ तथा ग्रिन भेन्चर्सको ३.४५ प्रतिशत मूल्य बढ्यो ।

माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको २.८३, कालंगा हाइड्रोपावरको २.७३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा कुमारी बैंक, अपी पावर, घलेम्दी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, ग्रिन भेन्चर्स, ग्लोबल आईएमई बैंक, माउन्टेन इनर्जी नेपाल, मध्यभोटेकोशी जलविद्युत् कम्पनी, सानिमा बैंक क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

एनपीएललाई आईसीसीको मान्यता, आगामी एसिया सम्मेलन नेपालमा आयोजना हुने

देवदहमा महिला स्वास्थ्य स्वयंसेविकाका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी तालिम सम्पन्न

देवदह बुद्ध पब्लिकमा शुभकामना आदानप्रदान कार्यक्रम

रोटरी क्लब अफ देवद्वाराद्वारा १० लाख रुपैयाँ बराबरको विपद् पूर्वतयारी तथा राहत सामग्री हस्तान्तरण

तिब्बती भाषा अध्ययनका लागि भारत लैजाँदै गरिएका २५ बालबालिकाको गड्डाचौकी नाकाबाट उद्धार

चार दिनमै सुनको मूल्य तोलामा ८ हजार १ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

मोरङका छुट्टाछुट्टै स्थानमा दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु

चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालक पक्राउ