बुटवल । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको एमआरआर भजन कार्यक्रमले युवाहरूबीच विशेष आकर्षण सिर्जना गरेको छ। विभिन्न मन्दिर तथा सार्वजनिक स्थलहरूमा आयोजना हुँदै आएका यस्ता भजन–कीर्तन कार्यक्रममा युवाहरूको उल्लेख्य सहभागिता देखिन थालेपछि यसलाई नयाँ धार्मिक ट्रेन्डको रूपमा समेत हेरिएको छ। एमआरआर समूहद्वारा सञ्चालन हुँदै आएको यी कार्यक्रमहरू विशेषगरी पोखरा बाट सुरु गरिएता पनि अहिले […]
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय बुटवलको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले स्रोत साधनको सीमितताको बाबजुद नागरिकहरू प्रतिको जिम्मेवारीको […]
केशव पराजुली, देवदह // रुपन्देहीको देवदहमा ३ दिने रामनवमी चैतेदशै मेला शुरु भएको छ । भगवान गौतम बुद्धको मावली स्थल भवानीपुरमा विगत लामो समयदेखि ऐतिहासिक रामनवमी मेला लाग्दै आएको छ । कोलिय बुद्धमावली क्षेत्र विकास समितिको आयोजना र देवदह नगरपालिकाको सहयोगमा उक्त मेला शुरु भएको हो । मेलालाई उद्घाटन गर्दैै देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले […]
पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सवारी संचालन भएको छ । वर्षासँगै शुक्रबारदेखि अवरुद्ध भएको नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने खण्डमा आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका नवलपरासी पूर्वका प्रहरी उपरीक्षक ९एसपी० युवराज खड्काका अनुसार आज बिहानदेखि सडकमा पालैपालो सवारी सञ्चालन गरिएको छ । अहिले दुम्कीबासको ज्यामिरेसम्म करिब पाँच […]
बुटवल । नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । १४औं नमराज–दिलिप स्मृति दिवसको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो । निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशका सह–इन्चार्ज नारायणप्रसाद भण्डारीले ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले एक पोका रगतले पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव […]
बुटवल सहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका लुम्बिनी प्रदेशका दाङ र बाँके सहित विभिन्न जिल्लामा ठूलो हुरी सहितको वर्षा हुने भन्दै सर्तकता अपनाउन आग्रह गरेको थियो । अहिले बुटवलसहित पश्चिम क्षेत्रमा हावाहुरी चल्दा दिउँसै अध्यारो भएको छ। हल्का वर्षासँगै ठूलो हावाहुरी चलेको छ । यस्तो अवस्थामा रुख ढल्ने, कमजोर संरचना […]
विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले लुम्बिनी मा तीन दिने “लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव–२०२६” सुरु भएको छ। चिनियाँ दूतावासको विशेष संयोजनमा आयोजित यस महोत्सवमा ठूलो संख्यामा चिनियाँ सहभागी रहेका छन्। महोत्सव बिहीबारदेखि शनिबारसम्म सञ्चालन हुनेछ। यस अवधिमा ध्यान, सांगीतिक प्रस्तुति र म्याराथनजस्ता कार्यक्रम समावेश छन्। शुक्रबार बिहान मायादेवी मन्दिर नजिक “लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस” आयोजना हुनेछ […]
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन् । शुक्रबार राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा शुक्रवार देविकोटमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा खेल पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकतामा राखिएको स्पष्ट पारे […]
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्नेमा भारतीय नम्बर प्लेटको कन्टेनर दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिकै सुनौलीबाट नारायणघाटतर्फ जाँदै गरेको युपी २१ बीटी २७९१ नम्बरको भारतीय कन्टेनर ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई तीनवटा बस र एउटा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी […]
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने ५४,४०२ मतले बिजयी भएका छन भने नेपाली कांग्रेसबाट उम्मेदवार बनेका टेकबहादुर गुरुङ मनाङ १ बाट २४१५ मतले बिजयी भएका छन । रास्वपा सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसहित सहकारी ठगी र संगठित अपराधको मुद्दा विचाराधीन छ । पुनः निर्वाचित […]