शिक्षा

आजबाट देशैभर एसईई परीक्षा सुरु

आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गरेको हो । बिहान ८ बजेदेखि एकै समयमा एसईई परीक्षा सुरु भएको छ । चैत २९ गते सम्पन्न हुने एसईई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४ […]

नमूना एभरग्रीनमा ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न: बालमैत्री र फरक ढंगको शिक्षण पद्धतिमा जोड

देवदह //  रूपन्देहीको देवदह-२, ढेकावरस्थित नमूना एभरग्रीन इङ्लिस बोर्डिङ स्कुलमा ‘अभिभावक अभिमुखीकरण’ कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको शैक्षिक गुणस्तर सुधार र अभिभावक-शिक्षक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। जीवन उत्प्रेरक एवं प्रसिद्ध प्रशिक्षक मनीष मिश्राको मुख्य सहजीकरणमा सम्पन्न भएको उक्त कार्यक्रममा करिब २५० जना अभिभावकहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रशिक्षक मिश्राले […]

सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका १०० कार्यसूची

नेपाल सरकार, मन्त्रिपरिषद्‌को मिति २०८२ चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी १०० बटा कार्यसूचीहरू सार्वजनिक गरेकाे छ । वि. सं. २०८२ भाद्र २३ र २४ को जेन-जी आन्दोलन तथा यस अघि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति नेपाल सरकार भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना […]

देवदह माध्यमिक विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा सुरज खरेल

देवदह — देवदह नगरपालिका वडा नं. ७ स्थित देवदह माध्यामिक विद्यालयको व्यवस्थापन समितिको भेला सम्पन्न भएको छ। भेलाबाट अध्यक्षमा सुरज खरेल चयन भएका छन्। समितिका सदस्यहरूमा एमकला अधिकारी, धनबहादुर बिक, जीवन विक्रम कुँवर, पूर्णकला बस्याल, कला राना तथा वडा प्रतिनिधि कृष्णप्रसाद अधिकारी चयन भएका छन्। सदस्य सचिवका रूपमा हरि पाण्डे रहनुभएको छ भने अभिभावक संघको […]

बुद्ध पब्लिक विद्यार्थी परिषद्को निर्वाचन सम्पन्न: अध्यक्षमा प्रितम भुसाल

देवदह । देवदह-५ मा अवस्थित बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा कक्षा ११ (+२) तर्फ विद्यार्थी परिषद् गठनका लागि नमुना मतदान कार्यक्रममार्फत निर्वाचन सम्पन्न भएको छ। शुक्रबार सम्पन्न उक्त निर्वाचनमा कक्षा ११ का विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्ष पदका लागि प्रतिस्पर्धा भएको निर्वाचनमा कुल १९० मतदाता रहेकोमा करिब ८० प्रतिशत मत […]

गरिमा सहकारीद्वारा सहकारी शिक्षा तालिम

बुटवल। बुटवल – ९ मिलनचोकमा  रहेको  गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरेको छ । सहकारीका शिक्षा उपसमिति संयोजक  विष्णु पन्थको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका अध्यक्ष विष्णु बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । थापाले बोल्दै आफ्ना सेयर सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तालिमले सहजीकरण हुने बताए । […]

स्कुल बसले किचेर दुई वर्षिय बालकको मृत्यु

सर्लाहीको बागमती नगरपालिका–२, सानो डाबरीमा बिहीबार बिहान स्कुल बसले किचेर एक बालकको मृत्यु भएको छ । सगुन शिक्षा आवासीय विद्यालय हरिवनको ना. १ क. ७३८२ नम्बरको स्कुल बसले किच्दा सानो डाबरी निवासी श्याम गोलेका छोरा दुई वर्षका यनस गोलेको मृत्यु भएको हो । बिहीबार बिहान ९ बजेतिर विद्यार्थी उठाउन पुगेको बसले किचेर बालकको घटनास्थलमै मृत्यु […]

देवदहमा कक्षा ८ को नगरस्तरीय परीक्षा सुरु, १३८० विद्यार्थी सहभागी

देवदह । देवदह नगरपालिका द्वारा सञ्चालित आधारभूत तह ( कक्षा ८ )को नगरस्तरीय परीक्षा बुधबार देखि सुरु भएको  छ। देवदहमा रहेका ३१ वटा सामुदायिक र संस्थागत गरि कुल १३९५ विद्यार्थीमध्ये १३८० जना परीक्षामा सहभागी भएका छन् भने १५ जना अनुपस्थित रहेका शिक्षा शाखा अधिकृत पर्शुराम ढकालले जानकारी दिनुभयो। जसमध्ये छात्रतर्फ ७१० मध्ये ७०० जना उपस्थित र […]

देवदह इङ्गलिस बोर्डिङ हाई स्कुलमा कक्षा १० का विद्यार्थीलाई शुभकामना कार्यक्रम

देवदह — देवदह नगरपालिका–७ स्थित देवदह इङ्गलिस बोर्डिङ हाई स्कुलमा शैक्षिक सत्र २०८२ मा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि विशेष शुभकामना कार्यक्रम सम्पन्न भएको छ। कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा शनिबार विद्यालयको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका क्रममा कक्षा १० का विद्यार्थीहरूले विद्यालयमा बिताएका अविस्मरणीय क्षणहरू, सिकाइका अनुभवहरू तथा शिक्षक र […]

देवदह मदर टङ्गस एकेडेमीमा अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

देवदह ५ मितेरी गाउँ स्थित देवदह मदर टङ्गस एकेडेमीको अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कक्षा नर्सरीदेखि कक्षा ४ सम्म अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावकहरुको बिचमा २ समूहमा विभाजन गरी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको विद्यालयले जनाएको छ । वर्तमान अवस्थामा बालबालिकाको शैक्षिकस्तर राम्रो बनाउन अभिभावकहरुको सहभागिता अपरिहार्य भएको भन्दै विद्यालयका प्रिन्सिपल राम बहादुर गुरुङले सिकाईको […]