Pixel wave advertisement

'एनपीएललाई आईसीसीको मान्यता, आगामी एसिया सम्मेलन नेपालमा आयोजना हुने'

असोज ३०, २०८३

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट मान्यता पाएको छ । १० दिनपछि सञ्चालन हुने प्रतियोगितालाई आईसीसीले औपचारिक रुपमा मान्यता दिएको हो ।

Advertisement

नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ती जारी गर्दै भनेको छ ‘आईसीसीबाट मान्यता पाएसँगै नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्नेमा क्यान विश्वस्त रहेको छ ।’

Advertisement

Advertisement

साथै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एसिया सम्मेलन नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले नोभेम्बर १७ देखि २१ सम्म सम्मेलनको आयोजना गर्ने भएको हो ।

उक्त सम्मेलनमा एसियाका टेस्ट मान्यताप्राप्त राष्ट्रहरुका साथै एसोसिएट सदस्य राष्ट्रहरुका आधिकारिक प्रतिनिधिहरु र अन्तर्राष्ट्रिय समुदायका उच्चपदस्थ डेलिगेटहरुको सहभागिता रहने क्यानका सचिव पारस खड्काले जानकारी दिए ।

पारसले भनेका छन् ‘क्रिकेटको विकास, विस्तार, आपसी सहकार्य तथा खेलको दिगो प्रवद्र्धनका लागि अत्यन्त महत्वपूर्ण मानिएको यस सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट जगतमा थप सुदृढ रुपमा स्थापित गराउनुका साथै देशको पर्यटन क्षेत्रको विकासमा समेत उल्लेख्य योगदान पुर्याउने क्यानले विश्वास लिएको छ । साथै, यस सफल आयोजनाबाट नेपाली क्रिकेटको संस्थागत विकास र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा नयाँ आयाम थपिनेछ ।’

साथै, सम्मेलनका अवसरमा सहभागी हुन नेपाल आउने विदेशी प्रतिनिधिहरुले नेपालमा १० दिनपछि सञ्चालन हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटर र फाइनल खेलसमेत अवलोकन गर्नेछन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

देवदहमा महिला स्वास्थ्य स्वयंसेविकाका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी तालिम सम्पन्न

देवदह बुद्ध पब्लिकमा शुभकामना आदानप्रदान कार्यक्रम

रोटरी क्लब अफ देवद्वाराद्वारा १० लाख रुपैयाँ बराबरको विपद् पूर्वतयारी तथा राहत सामग्री हस्तान्तरण

लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा पुग्दा कारोबार ४ अर्ब ७० करोड

तिब्बती भाषा अध्ययनका लागि भारत लैजाँदै गरिएका २५ बालबालिकाको गड्डाचौकी नाकाबाट उद्धार

चार दिनमै सुनको मूल्य तोलामा ८ हजार १ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

मोरङका छुट्टाछुट्टै स्थानमा दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु

चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालक पक्राउ