गुल्मी गुल्मीको मुसिकोट नगरपालिका–५ झक्कलेमा पिकअप गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
रुद्रवेणी–वामीटक्सार सडकखण्डमा बिहान करिब ४ बजे बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ च ८०२४ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको हो ।
दुर्घटनामा चालक मदन सुनार, उनकी श्रीमती सुनिता सुनार र ढोरपाटन नगरपालिका–८ की ४७ वर्षीया सुर्जमल्म विक घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था सामान्य र एक जनाको मध्यम रहेको छ।
घाइतेहरूलाई उपचारका लागि शुभसारथी अस्पताल मजुवा पठाइएको प्रहरीले जनाएको छ । पिकअपमा चालकसहित ६ जना सवार थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0