Pixel wave advertisement

'जाजरकोटमा अटो दुर्घटना, एक जनाको मृत्यु, ४ जना घाइते'

कार्तिक १, २०८३

जाजरकोटमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको नलगाड नगरपालिका-८ खुमाउरे खोलास्थित भिरबाट अटो करिब ३०० मिटर तल खसेको हो।

Advertisement

२०८३ असोज ३१ गते बिहान करिब ९ः३० बजे दल्लीतर्फबाट तारगाड जाँदै गरेको लु प्र ०२००१ ह ०५२९ नम्बरको अटो दुर्घटनामा परेको थियो। अटो रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ निवासी २२ वर्षीय करण परियारले चलाएका थिए।

Advertisement

दुर्घटनामा नलगाड नगरपालिका–९ का नाम नखुलेका एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न बाँकी छ।

Advertisement

दुर्घटनामा जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, वडा नम्बर ३ कट्केका २८ वर्षीय गोपाल परियार र अटो चालक करण परियार घाइते भएका छन्। उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रारम्भिक विवरणमा उल्लेख छ। अन्य घाइतेको विस्तृत विवरण खुल्न बाँकी छ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि नलगाड नगर अस्पताल लगिएको थियो। घटनाबारे जानकारी पाएपछि प्रहरी सहायक निरीक्षक मन्दिर थापाको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीको प्रारम्भिक विवरणअनुसार दुर्घटनास्थल मैदे प्रहरी पोस्टबाट करिब ५०० मिटर पूर्वमा पर्छ। अटो चालकसँग सवारी चालक अनुमतिपत्र लाइसेन्स नभएको पनि प्रारम्भिक विवरणमा उल्लेख छ।

दुर्घटनामा अटोमा क्षति पुगेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

गुल्मी जिप दुर्घटनामा परी ३ जना घाइते

एनपीएललाई आईसीसीको मान्यता, आगामी एसिया सम्मेलन नेपालमा आयोजना हुने

देवदहमा महिला स्वास्थ्य स्वयंसेविकाका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी तालिम सम्पन्न

देवदह बुद्ध पब्लिकमा शुभकामना आदानप्रदान कार्यक्रम

रोटरी क्लब अफ देवद्वाराद्वारा १० लाख रुपैयाँ बराबरको विपद् पूर्वतयारी तथा राहत सामग्री हस्तान्तरण

लगातार छैटौं दिन बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा पुग्दा कारोबार ४ अर्ब ७० करोड

तिब्बती भाषा अध्ययनका लागि भारत लैजाँदै गरिएका २५ बालबालिकाको गड्डाचौकी नाकाबाट उद्धार

चार दिनमै सुनको मूल्य तोलामा ८ हजार १ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो