Pixel wave advertisement

'एनपीएलमा आज पहिलाे खेलमा विराटनगर र चितवन तथा दाेस्राे खेलमा जनकपुर र कर्णाली भिड्दै'

२ घण्टा अगाडि

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज दुईवटा खेल हुँदै छन् ।

Advertisement

पहिलो खेल विराटनगर किङ्ग्स र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।

Advertisement

नेपाल क्रिकेट सङ्घ (क्यान)का अनुसार आज विराटनगर र चितवनबीचको खेल मध्याह्न १२ः३० तथा जनकपुर र कर्णालीबीचको खेल अपराह्न ५ बजेदेखि सुरु हुनेछ ।

Advertisement

हालसम्म ती चार टोलीमध्ये जनकपुरले मात्र उपाधि जित्न सकेको छ । यो टिम यसपालि पहिलो सिजनको इतिहास दोहोर्याउने लक्ष्यमा छ ।

अर्कातर्फ कर्णाली पनि पहिलो उपाधिको खोजीमा छ । आजै हुने पहिलो खेलमा प्रतिस्पर्धा गर्ने चितवन र विराटनगर पनि उपाधि हात पार्ने उद्देश्यले मैदानमा उत्रदै छन् ।

यस पटकको एनपीएलमा केही नयाँ सुविधा थपिएका छन् । पहिलोपटक एनपीएलमा ‘डिसिजन रिभ्यु सिस्टम’ (डिआरएस)को व्यवस्था गरिएको छ ।

यस्तै, अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले पहिलोपटक एनपीएललाई अन्तरराष्ट्रिय मान्यता प्रदान गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरस्कार राशि पनि वृद्धि गरेको छ ।

प्रतियोगितामा उपाधि विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, उपविजेता टोलीलाई ८० लाख रुपैयाँ प्रदान गरिने क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

देवदह प्रिमियर लिग: शंकरपुर सुपर किंग्स १  विकेटले विजयी

देवदह प्रिमियर लिग: खैरेनी ग्लाडियटर्स ३  विकेटले विजयी

देवदह प्रिमियर लिग: बिर्ता राइनोज ६ विकेटले विजयी

देवदह प्रिमियर लिग(डिपीएल) सुरु: उद्घाटन खेलमा खैरेनी र ढेकावर विजयी

जाजरकोटमा अटो दुर्घटना, एक जनाको मृत्यु, ४ जना घाइते

गुल्मी जिप दुर्घटनामा परी ३ जना घाइते

एनपीएललाई आईसीसीको मान्यता, आगामी एसिया सम्मेलन नेपालमा आयोजना हुने

देवदहमा महिला स्वास्थ्य स्वयंसेविकाका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी तालिम सम्पन्न