Pixel wave advertisement

'एनिपएल-३ को दोस्रो खेलमा चितवनले विराटनगरलाई ८ रनले हरायो'

२ घण्टा अगाडि

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विजयी सुरुवात गरेको छ । भर्खरै सम्पन्न खेलमा चितवनले विराटनगरलाई ८ रनले हराएको हो ।

Advertisement

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो ।

Advertisement

इमरान शेखले ३९ तथा आन्द्रे रसेलले ३३ रन जोडे । मात्र १७ बल खेलेका रसेलले ४ छक्का र १ चौका प्रहार गर्दा दर्शकबाट व्यापक हुटिङ चल्यो । यस्तै, लोकेश बमले २६, बसिर अहमदले १३ रन जोडे ।

Advertisement

बलिङतर्फ चितवनका कमल सिंह ऐरी एक्लैले चार विकेट लिए । यस्तै, रिजन ढकालले दुई तथा टम टेलर, डान मोस्ली, मौसम ढकाल र रन्जित कुमारले एक–एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ३ विकेटको क्षतिमा १५७ रन जोड्यो ।

उसका लागि डेविड मलानले अर्धशतक बनाउँदै ७० रनको योगदान दिए । उनले ५ छक्का र ५ चौका प्रहार गरे । यस्तै, रवि वोपारा ३२ तथा डान मोस्ली २९ रनमा अविजित रहे । देव खनालले १२ रन जोडे ।

बलिङतर्फ विराटनगरका एंगेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले एक–एक विकेट लिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

एनपीएलमा आज पहिलाे खेलमा विराटनगर र चितवन तथा दाेस्राे खेलमा जनकपुर र कर्णाली भिड्दै

देवदह प्रिमियर लिग: शंकरपुर सुपर किंग्स १  विकेटले विजयी

देवदह प्रिमियर लिग: खैरेनी ग्लाडियटर्स ३  विकेटले विजयी

देवदह प्रिमियर लिग: बिर्ता राइनोज ६ विकेटले विजयी

देवदह प्रिमियर लिग(डिपीएल) सुरु: उद्घाटन खेलमा खैरेनी र ढेकावर विजयी

जाजरकोटमा अटो दुर्घटना, एक जनाको मृत्यु, ४ जना घाइते

गुल्मी जिप दुर्घटनामा परी ३ जना घाइते

एनपीएललाई आईसीसीको मान्यता, आगामी एसिया सम्मेलन नेपालमा आयोजना हुने