समाचार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको अर्जुनधार नगरपालिका–११ चियाबगानबाट खैरो हेरोइनसहित पाँच, फिदिम नगरपालिका–१ शनिबारेबाट दुई, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट तीन, धरान उपमहानगरपालिका–११ बाट एक र मध्यपुरथिमि नगरपालिका–१ मनोहराबाट दुई जनालई पक्राउ गरिएको हो । उनीहरुमध्ये केहीबाट चिकित्सकको सिफारिसमा मात्र […]

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अभियोगमा मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित सातजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । रूपन्देहीको सियारी गाउँपालिका वडा नं. २ का मृतक बेलर कहारको नाममा रहेको जग्गा फर्जी कागजातका आधारमा अन्य व्यक्तिको नाममा कायम गरेको उजुरीमाथि अनुसन्धान […]

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ई–बिडिङ ह्याक प्रकरणमा अर्का एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आशिष निर्माण सेवा प्रालिका सञ्चालक रत्ननगर नगरपालिका–१२ का ७० वर्षीय ऋषिकेश गौली छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरणहरु हेरफेरको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ । ठेक्काको आर्थिक प्रस्ताव […]

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले हार ब्यहोरेको छ। टियु मैदानमा वर्षाले प्रभावित भएको खेलमा नेपाल डिएलएस मेथडमा १०२ रनले पराजित भएको हो। ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपालले ३६।५ ओभरमा ७ विकेट गुमाएर १५५ रन जोड्यो। दीपेन्द्र सिंह ऐरीले ६० रनको अर्धशतकीय इनिङ्स खेले। भीम सार्कीले २८, आसिफ शेखले १९, आरिफ शेख र गुलशन […]

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

रास्वपा सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु भएको जानकारी गराएका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कस्तो छानबिन हुने भन्नेबारे पनि चाँडै जानकारी गराउने बताए । ‘मलाई लाग्छ छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ । कस्तो छानबिन हुन्छ भन्ने कुरा पनि जानकारी गराउँछौं,’ लामिछानेले भने, ‘उहाँले म माथि पनि […]

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित

बुधबार सेयर बजार २५.८१ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २७४४ अंकमा झरेको छ । अघिल्लो दिन नेप्से २६.१६ अंक घटेको थियो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ९८ करोडको भयो । ३० कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने ४ […]

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार दैलेखको नौमुले गाउँपालिका–८ का २९ वर्षीया ज्वालाकुमारी चन्द, कास्कीको पोखरा महानगरपालिका–१२ का ३९ वर्षीया भीमकुमारी गुरूङ र गोरखाको सिरानचोक गाउँपालिका–६ का ३७ वर्षीय भगवान्‌नाज ठकुरीलाई मङ्गलबार पक्राउ गरिएको हो । पक्राउ […]

दुई दिनमै सुनको भाउ ६ हजार रुपैयाँले घट्यो

दुई दिनमा सुनको भाउ तोलामा ६ हजार रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार रुपैयाँ घटेको सुन आज फेरि ३ हजार घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ तोकेको छ । यसअघि सोमबार ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो […]

फेरि बढ्यो सार्वजनिक यातायात भाडा

सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा समायोजन गरिउको बताएको हो । यही १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति लिएर यात्रुवाहक तथा मालवाहक सवारी साधनमा ५ प्रतिशतले भाडा वृद्धि गरिएको विभागको सूचनामा उल्लेख छ । डिजेलको मूल्यवृद्धिका […]

आज अपराह्न ४ बजेदेखि तीव्र हावाहुरी: धेरै प्रदेशका जिल्ला प्रभावित हुने

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी सुरु हुने समय र प्रभावित हुने जिल्लाहरुको विवरण अध्यावधिक गरेको छ । विभागले आज बिहान ८ बजे जारी गरेको विशेष बुलेटिनमा उल्लेख भए अनुसार अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने छ । हावाहुरीबाट सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटीसहित आसपासका जिल्ला प्रभावित हुने सम्भावना छ […]