Home » समाचार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको छ। उक्त विषयको सत्यतथ्य छानबिन गर्न मन्त्रालयले सहसचिवस्तरको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले जलेका सवारी साधनसम्बन्धी प्रहरी मुचुल्का, इन्धन अभिलेख (अर्धकट्टी), भुक्तानी विवरणलगायत सम्बन्धित कागजातहरूको अध्ययन तथा विश्लेषणका आधारमा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको मन्त्रालयले जनाएको छ। […]
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । ‘ए’ वर्गका ठेकेदारसमेत रहेका बानियाँले सम्पत्ति लुकाएको साथै अवैध सम्पत्ति आर्जन गरेको आशंकामा विभागले अनुसन्धान थालेको हो । विभागको टोलीले काठमाडौस्थित बानियाँको नक्साल र सुन्धारास्थित कार्यालय साथै हेटौँडा कार्यालय र घरमा छापा मारेको हो । उनलाई पक्राउ गरी अनुसन्धान अघि […]
सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी गराएका हुन् । उनले मुख्य निर्णयहरू भनेर ४ वटा निर्णयबारे जानकारी गराएका छन् । जस अनुसार, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनस् राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष सिफारिस भएको छ । त्यस्तै, […]
बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–३ का ७३ वर्षीय नैन बुढा रहेका छन् । बुढा आइतबार दिउँसो वनमा बाख्रा चराउन गएको बेला माथिल्लो भिरबाट चट्याङ लागेर ढुङ्गा खस्दा घाइते भएका थिए। उनलाई हिजो साँझ उपचारका लागि कोल्टी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
कञ्चनपुरमा इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् । पुनर्वास नगरपालिका–७ ‘च गाउँ’को न्यू इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक९एसपी० प्रेमबहादुर शाहीले गएराति इँटा उद्योगमा […]
सर्वोच्च शिखर सगरमाथा आरोहणमा बाटो बनाउने क्रममा आइसफल डाक्टरले बेवारिसे शव फेला पारेका छन् । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुरगेल्जे शेर्पाका अनुसार सगरमाथा आधार शिविरबाट क्याम्प १ मा जाने क्रममा खुम्बु आइसफल क्षेत्रमा एक बेवारिसे शव फेला परेको हो । हिउँले आधा पुरिएको अवस्थामा शव भेटिएको थियो । मुख्य आरोहण मार्गमा भेटिएको उक्त शवले सुरक्षा […]
केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् । आज बिहानको पहिराका कारण ललितपुर बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथ, प्युठान सरुमारानी गाउँपालिका–४ खहरे खोलास्थित भालुवाङ–प्युठान सडकखण्ड, मकवानुर भीमफेदी गाउँपालिका–८ भरेङ डाँडास्थित कान्ति लोकपथ सडकखण्ड तथा लमजुङ मध्यनेपाल नगरपालिका–१० बिमिरे भञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरोध भएका केन्द्रीय […]
पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालमा आज बिहान पौडी खेल्ने क्रममा खपौदी बस्ने १० वर्षीय आरेस लामाको डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल कालिका गण पोखराका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए। उनका अनुसार बालक तालमा डुबेर बेपत्ता भएको सूचनापछि कालिका गणबाट […]
बल्खुमा आज खाली गरिएको सुकुमवासी बस्ती नजिक खोलामा एक व्यक्ति मृत फेला परेका छन् । शुक्रबार बिहान घर भत्केको हेर्न सक्दिनँ भन्दै निस्किएका व्यक्ति दिउँसो बल्खु खोलामा मृत भेटिएका हुन् । मृत फेला परेका व्यक्ति ६१ वर्षीय ईन्द्रबहादुर राई रहेको उनकी पत्नी सरिता राईले बताइन् । ‘बिहान घर भत्किएपछि एक्लै बर्बराउँदै हेर्न सक्दिनँ भनेर निस्किनुभएको […]
बिहीबार रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्रकुमार विश्वकर्माका अनुसार ज्यान गुमाएका २० जनाकै सनाखत भएको हो । बिहीबार रोल्पाको जलजलामा वैशाख पूर्णिमाका अवसर लाग्ने मेलामा सहभागी हुन गएकाहरू चढेको लु १ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो । ज्यान गुमाउनेहरू सिस्ने गाउँपालिका वडा नम्बर ५ […]