'रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै'

४८ मिनेट अगाडि

बिहीबार रोल्पाको जिप दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्रकुमार विश्वकर्माका अनुसार ज्यान गुमाएका २० जनाकै सनाखत भएको हो ।

बिहीबार रोल्पाको जलजलामा वैशाख पूर्णिमाका अवसर लाग्ने मेलामा सहभागी हुन गएकाहरू चढेको लु १ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो । ज्यान गुमाउनेहरू सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुरा गाउँका, घोराही उपमहानगरपालिका- १५, रतनपुर, दाङका र भूमे गाउँपालिका रुकुमपूर्वका छन् ।

दुर्घटनामा एक जना घाइते भएका थिए । घाइते समीर कामी सिस्ने ५ का हुन् उनी उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ । अहिले शवहरू दुर्घटनास्थलबाट निकालेर परिवारलाई बुझाउने काम भइरहेको प्रहरीको भनाइ छ ।

यी हुन् ज्यान गुमाएकाहरू

सिस्ने–५, टाकुरा, रुकुम पूर्व घर भएकाहरू (१० जना)

१. गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष)
२. तिलकुमारी बुढाथोकी (५३ वर्ष)
३. युवा बुढाथोकी (२८ वर्ष)
४. दिव्यन बुढाथोकी (१० वर्ष)
५. सृजना बुढाथोकी (२४ वर्ष)
६. सुदीप बुढाथोकी (१३ वर्ष)
७. ओमकुमारी बुढाथोकी (४० वर्ष)
८. मीना कामी (६० वर्ष)
९. लक्ष्मी शाह (६० वर्ष)
१०. रुक्मिणा बस्नेत

भुमे–५, रुकुम पूर्व घर भएकाहरू

११. टेकप्रसाद बुढामगर

दाङको घोराही–१५, रतनपुर घर भएकाहरू
१२. दोरपती जिसी (५४ वर्ष)
१३. तिला जिसी (३२ वर्ष)
१४. जेनिस जिसी (७ वर्ष)
१५. जेनिसा जिसी (१२ वर्ष)
१६. एलिना जिसी (२५ वर्ष)
१७. संयोग जिसी (७ वर्ष)
१८. यमबहादुर जिसी (उमेर नखुलेको) घोराही–१३, दाङ
१९. धनमाया विष्ट शान्तिनगर, दाङ (हालस् सिस्ने–५, रुकुम पूर्व)
२०. बेदु कामी (४२ वर्ष) – सवारी चालक

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च