'दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य'

१ घण्टा अगाडि

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुस्थित टियु मैदानमा जारी खेलमा नेपालले २९० रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन जोड्यो। उपकप्तान दीपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले। ९४ बल खेलेका उनी १०० रनमा रनआउट हुन पुगे।

यस्तै, विनोद भण्डारीले ५६, रोहित पौडेलले ३९ तथा गुलशन झाले ४४ रन जोडे। बलिङतर्फ यूएईका अजय कुमार र जुनैद सिद्धिकीले दुई–दुई तथा खुजैमा तनवीर हैदर अलीले एक–एक विकेट लिए।

यसअघिको खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित