'देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ'

११ मिनेट अगाडि

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको अर्जुनधार नगरपालिका–११ चियाबगानबाट खैरो हेरोइनसहित पाँच, फिदिम नगरपालिका–१ शनिबारेबाट दुई, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट तीन, धरान उपमहानगरपालिका–११ बाट एक र मध्यपुरथिमि नगरपालिका–१ मनोहराबाट दुई जनालई पक्राउ गरिएको हो ।

उनीहरुमध्ये केहीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि नगद लागुऔषध जोख्न प्रयोग हुने डिजिटल तराजुसमेत बरामद भएको छ ।

यसैगरी, कोहलपुर नगरपालिका–१० चडिण्डका टोलबाट एक, पोखरा महानगरपालिका–२५ याम्दीबाट एक र सिम्रौगढ नगरपालिका–३ भट्टीवैरियाबाट दुई, नेपालगन्ज उपमहानगरपालिका–१३ लालापुरबाट एक जनालाई पक्राउ गरेको हो। उनीहरु बुधबार पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ