'वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ'

३ घण्टा अगाडि

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार दैलेखको नौमुले गाउँपालिका–८ का २९ वर्षीया ज्वालाकुमारी चन्द, कास्कीको पोखरा महानगरपालिका–१२ का ३९ वर्षीया भीमकुमारी गुरूङ र गोरखाको सिरानचोक गाउँपालिका–६ का ३७ वर्षीय भगवान्‌नाज ठकुरीलाई मङ्गलबार पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये ज्वालाकुमारीले अजरबैजान पठाइदिन्छु भन्दै एक जना पीडितबाट तीन लाख ३४ हजार, भीम कुमारीले हङकङ पठाइदिन्छु भनेर अर्का एक जना पीडितबाट पाँच लाख र भगवान्‌नाजले बेलायत पठाइदिने प्रलोभनमा एक लाख २० हजार ठगेका थिए ।

पीडितहको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

अभियुक्तहरूलाई कारबाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा

ई–बिडिङ ह्याक प्रकरणमा थप एक पक्राउ, पक्राउ संख्या १३ पुग्यो

ओमानसँग नेपाल १०२ रनले पराजित, डीएलएस मेथडले खेल टुंगियो

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने: रवि लामिछाने

नेप्सेमा दोहोरो गिरावट: २५.८१ अंकले घटेर २७४४ मा सीमित

दुई दिनमै सुनको भाउ ६ हजार रुपैयाँले घट्यो

फेरि बढ्यो सार्वजनिक यातायात भाडा

आज अपराह्न ४ बजेदेखि तीव्र हावाहुरी: धेरै प्रदेशका जिल्ला प्रभावित हुने