ई–बिडिङ ह्याक प्रकरणमा अर्का एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा आशिष निर्माण सेवा प्रालिका सञ्चालक रत्ननगर नगरपालिका–१२ का ७० वर्षीय ऋषिकेश गौली छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ठेक्काका विवरणहरु हेरफेरको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
ठेक्काको आर्थिक प्रस्ताव खोल्नु अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गरी आफू अनुकल काम गरिएको बताइएको छ। यो प्रकरणमा अहिलेसम्म १३ जना पक्राउ परेका छन् । उनीहरुविरुद्ध साइबर, संगठित अपराधमा अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0