सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ ।
यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा समायोजन गरिउको बताएको हो ।
यही १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति लिएर यात्रुवाहक तथा मालवाहक सवारी साधनमा ५ प्रतिशतले भाडा वृद्धि गरिएको विभागको सूचनामा उल्लेख छ । डिजेलको मूल्यवृद्धिका कारण भाडादर समायोजन गरिएको विभागले जनाएको छ ।
बढेको भाडा विद्युतीय सवारीमा भने लागू हुने छैन । यसअघि चैत २५ गते भाडा बढाइएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0