'जलेका गाडीको नाममा स्वास्थ्य मन्त्रालयमा इन्धन दुरुपयोग'

८ मिनेट अगाडि

२३ र २४ भदौको जेनजी आन्दोलनमन जलेका गाडीको नाममा स्वास्थ्य मन्त्रालयका कर्मचारीले इन्धन दुरुपयोग गरेका छन् ।

स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रालयभित्र भइरहेको इन्धन दुरुपयोगबारे अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न निर्देशन दिएकी हुन् ।

‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारीसाधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिन गर्ने जिम्मेवारी दिएकी छिन् ।

उक्त आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयका १८ र मन्त्रालय अन्तर्गतका अन्य निकायका ६ गरी कुल २४ वटा गाडी जलेका थिए । पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका तिनै सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेका थिए ।

त्यसैगरी स्वास्थ्य र खानेपानी मन्त्रालय मातहत संरचनाहरूमा दुरुपयोग गरिएका सवारी साधन मन्त्रालय तान्न थालेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

वाणिज्य बैंकहरुको खुद नाफा १९.३० प्रतिशतले वृद्धि, ४९ अर्बभन्दा बढी कमाए

नवलपुरमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु

सिरहा सीमाबाट करिब ३ लाखका अवैध सामान बरामद

सुनचाँदीको भाउ घट्यो, सुन तोलामा ३ हजारले सस्तो

विद्यालय भर्ना आजदेखि, पढाइ २१ वैशाखबाट सुरु हुने

तिलोत्तमा वडा कार्यालयमै स्थानीयमाथि साङ्घातिक आक्रमण

दाङमा चारदिने स्वीप अप्रेसन: १६२ जना नियन्त्रणमा, ५ फरार पनि पक्राउ

सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सूचीकृत गर्ने सरकारको निर्णय