'दाङमा चारदिने स्वीप अप्रेसन: १६२ जना नियन्त्रणमा, ५ फरार पनि पक्राउ'

६ दिन अगाडि

दाङमा प्रहरीले सञ्चालन गरेको स्वीप अप्रेसनमा १६२ जनालाई विभिन्न अभियोगमा नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लागूऔषध नियन्त्रण तथा रोकथाम अभियानलाई सुदृढ बनाउने उद्देश्यले बैशाख ९ गतेदेखि १३ गतेसम्म चार दिनसम्म उक्त अभियान सञ्चालन गरिएको थियो ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका मध्ये १३९ जना पुरुष र २३ जना महिला रहेका छन् । तीमध्ये १५ जनाविरुद्ध लागूऔषध सम्बन्धी मुद्दा, १ जनाविरुद्ध चोरी सम्बन्धी मुद्दा तथा ५ जनाविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा डिएसपी रेशम बोहराले जानकारी दिए ।

यसैबीच २ जनालाई पुनर्थापना केन्द्र पठाइएको छ भने अन्य १३४ जनालाई सम्झाइबुझाइ गरी छोडिएको प्रहरीले जनाएको छ ।

साथै फरार सूचीमा रहेका ५ जना प्रतिवादीलाई पनि पक्राउ गरिएको छ । उनीहरूलाई अदालतबाट विभिन्न समयमा फैसला भई १ वर्ष ३ महिना कैद र ३५ सय रुपैयाँ जरिवाना तोकिएको थियो ।

प्रहरीले ४० ग्राम ५५० मिलिग्राम लागूऔषध ९ब्राउन सुगर० समेत बरामद गरेको जनाएको छ । लागूऔषध दुरुपयोगमुक्त समाज निर्माणका लागि प्रहरीले विभिन्न समयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको डिएसपी बोहराले जानकारी दिए ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी