'सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था'

१ घण्टा अगाडि

आज स्थानान्तरण गरिएका सुकुमवासीलाई पाँच ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।

बल्खु, वंशीघाट, बालाजु, शंखमुललगायतका क्षेत्रमा रहेका सुकुमवासीका घर टहरा आज भत्काइएको छ ।

ती स्थानबाट सुकुमवासी स्थानान्तरण गरिने सुकुमवासीहरूलाई पाँच स्थानमा राख्ने व्यवस्था गरिएको छ । तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा व्यवस्थापन गर्ने तयारी भएको छ ।

सुकुमवासीलाई अस्थायी बसोवास गर्ने स्थानमा लैजानुअघि दशरथ रंगशालामा विवरण टिपाउने कार्य भइरहेको छ । अहिलेसम्म ७२ जनाले स्वेच्छिक रूपमा रंगशाला पुगेर आफ्नो विवरण दर्ता गराएको जानकारी गराइएको छ ।

रंगशालामा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले विवरण संकलनको कार्य गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च