आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले हार ब्यहोरेको छ।
टियु मैदानमा वर्षाले प्रभावित भएको खेलमा नेपाल डिएलएस मेथडमा १०२ रनले पराजित भएको हो।
ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपालले ३६।५ ओभरमा ७ विकेट गुमाएर १५५ रन जोड्यो। दीपेन्द्र सिंह ऐरीले ६० रनको अर्धशतकीय इनिङ्स खेले।
भीम सार्कीले २८, आसिफ शेखले १९, आरिफ शेख र गुलशन झाले १४–१४ रन बनाउँदा कप्तान रोहित पौडेल १० रनमै पभेलियन फर्किए। कुशल भुर्तेल र बसिर अहमदले १–१ रनमात्रै जोड्न सके।
बलिङतर्फ ओमानका नदिम खानले तीन, शकिल अहमदले दुई तथा वसिम अली र मुहम्मद इमरानले एक–एक विकेट लिए।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0