'इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु'

५ घण्टा अगाडि

कञ्चनपुरमा इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते छन् ।

पुनर्वास नगरपालिका–७ ‘च गाउँ’को न्यू इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक बालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक९एसपी० प्रेमबहादुर शाहीले गएराति इँटा उद्योगमा ट्याक्टरले ठक्कर दिंदा भारतको उत्तरप्रदेश, बहराइच जिल्ला बस्ने २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमारको मृत्यु भएको बताए ।

उनकाअनुसार घाइते अवस्थामा उपचारका लागि धनगढी ल्याइएका उनीहरू मध्ये अजयको सेती प्रादेशिक अस्पताल र पवनको नवजीवन अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, ११ वर्षीया घुर्रा कुमार गम्भीर घाइते छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

एसपी शाहीकाअनुसार उनीहरूलाई काँचो इँटामा पानी सिँचाइ गर्ने क्रममा से १ त ८८७६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो । घटनापछि चालक फरार छन् । उनको परिचय खुलेको छैन् ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेप्से घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु