'जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष'

१ घण्टा अगाडि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको छ।

उक्त विषयको सत्यतथ्य छानबिन गर्न मन्त्रालयले सहसचिवस्तरको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिले जलेका सवारी साधनसम्बन्धी प्रहरी मुचुल्का, इन्धन अभिलेख (अर्धकट्टी), भुक्तानी विवरणलगायत सम्बन्धित कागजातहरूको अध्ययन तथा विश्लेषणका आधारमा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको मन्त्रालयले जनाएको छ।

जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनहरूको नाममा मन्त्रालयका कर्मचारीहरूले इन्धन दुरुपयोग गरेको भन्ने आरोप उठेपछि छानबिन गरिएको थियो।

मन्त्रालयले अपुष्ट तथा भ्रम फैलाउने सामग्री प्रकाशन तथा प्रसारण नगर्न सबै सञ्चार माध्यम (सामाजिक सञ्जालसमेत) तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेप्से घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु