Pixel wave advertisement

'बूढीगण्डकीको बाढीले दुई पुल बगाएपछि गगन थापाद्वारा नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह'

असोज २५, २०८३

नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्‍याउनुका साथै दुईवटा पुलसमेत बगाएको घटनामा दुःख व्यक्त गरेका छन्।

Advertisement

थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत दुःख व्यक्त गर्दै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

Advertisement

बाढीले न्याक्चेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुल बगाएको उल्लेख गर्दै उनले नदी किनारमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनले जारी गर्ने निर्देशनको पालना गर्नसमेत अनुरोध गरेका छन्।

Advertisement

विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न सभापति थापाले कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा हुन सक्ने थप जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन उनको आग्रह छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

घटस्थापनाका दिन बढ्यो सुनचाँदीको मूल्य

बुढीगण्डकी बाढीबाट प्रभावित ४९ जनाको उद्धार, शिशु र विदेशी नागरिकसमेत सुरक्षित स्थानमा

भर्ना विवादमा बालउद्धार माविका प्राचार्यमाथि विद्यालयमै कुटपिट, वडासदस्यका छोरासहित दुई जना पक्राउ

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

दसैंमा ग्यास अभाव हुन नदिन ६ स्थानबाट सिलिन्डर साटफेर सुरु, बिहानैदेखि उपभोक्ताको लाइन

आजदेखि बडा दशैं सुरु, हनुमानढोकाको दशैंघरमा विधिपूर्वक राखियो जमरा

बुढीगण्डकीको बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

नुवाकोट–रसुवा जोड्ने फलाकु खोलामा एक्रो ब्रिज सञ्चालनमा