Pixel wave advertisement

'बुढीगण्डकी बाढीबाट प्रभावित ४९ जनाको उद्धार, शिशु र विदेशी नागरिकसमेत सुरक्षित स्थानमा'

असोज २५, २०८३

बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न क्षेत्रबाट नेपाली सेनाले हालसम्म ४९ जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ ।

Advertisement

नेपाली सेनाका अनुसार आइतबार दिउँसो ३ बजेसम्म एमआई–१७ सहित चार वटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौजले प्रभावित क्षेत्रबाट उनीहरूको उद्धार गरेको हो ।

Advertisement

उद्धार गरिएकामध्ये जगतबाट गोरखासम्म छ जना, फिलिमबाट हुल्चुकसम्म चार जना, यारुबाट हुल्चुकसम्म १५ जना, हुल्चुकबाट फिलिमसम्म एक जना, नाम्रुङबाट फिलिमसम्म दुई जना, न्याक्फेदीबाट न्याकडाँडासम्म नौ जना र पायुबाट सल्लेरी ९नयाँबस्ती० सम्म १२ जनालाई हेलिकोप्टरमार्फत सुरक्षित स्थानमा पुर्‍याइएको नेपाली सेनाले जनाएको छ ।

Advertisement

उद्धार गरिएकामध्ये एक शिशु, दुई बालक र एक विदेशी नागरिकसमेत रहेका छन् ।

अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

घटस्थापनाका दिन बढ्यो सुनचाँदीको मूल्य

भर्ना विवादमा बालउद्धार माविका प्राचार्यमाथि विद्यालयमै कुटपिट, वडासदस्यका छोरासहित दुई जना पक्राउ

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

दसैंमा ग्यास अभाव हुन नदिन ६ स्थानबाट सिलिन्डर साटफेर सुरु, बिहानैदेखि उपभोक्ताको लाइन

आजदेखि बडा दशैं सुरु, हनुमानढोकाको दशैंघरमा विधिपूर्वक राखियो जमरा

बुढीगण्डकीको बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

नुवाकोट–रसुवा जोड्ने फलाकु खोलामा एक्रो ब्रिज सञ्चालनमा

बूढीगण्डकीमा भीषण बाढी : ६ पुल बगायो, १० जनाभन्दा बढी सम्पर्कविहीन, ३५ घर बगायो