Pixel wave advertisement

'आजदेखि बडा दशैं सुरु, हनुमानढोकाको दशैंघरमा विधिपूर्वक राखियो जमरा'

असोज २५, २०८३

नेपालीहरूको महान् पर्व बडा दशैं आजदेखि सुरु भएको छ ।

Advertisement

बडा दशैंको पहिलो दिन आज काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक जमरा राखिएको छ ।

Advertisement

घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने प्रचलन छ।

Advertisement

नेपालीहरूले आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो वर्षको घटस्थापनाको साइत बिहान ११ः४७ बजे रहेको छ । आज दिनभरि चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनअनुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

घटस्थापनाका दिन बढ्यो सुनचाँदीको मूल्य

बुढीगण्डकी बाढीबाट प्रभावित ४९ जनाको उद्धार, शिशु र विदेशी नागरिकसमेत सुरक्षित स्थानमा

भर्ना विवादमा बालउद्धार माविका प्राचार्यमाथि विद्यालयमै कुटपिट, वडासदस्यका छोरासहित दुई जना पक्राउ

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

दसैंमा ग्यास अभाव हुन नदिन ६ स्थानबाट सिलिन्डर साटफेर सुरु, बिहानैदेखि उपभोक्ताको लाइन

बुढीगण्डकीको बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

नुवाकोट–रसुवा जोड्ने फलाकु खोलामा एक्रो ब्रिज सञ्चालनमा

बूढीगण्डकीमा भीषण बाढी : ६ पुल बगायो, १० जनाभन्दा बढी सम्पर्कविहीन, ३५ घर बगायो