Pixel wave advertisement

'दसैंमा ग्यास अभाव हुन नदिन ६ स्थानबाट सिलिन्डर साटफेर सुरु, बिहानैदेखि उपभोक्ताको लाइन'

असोज २५, २०८३

दसैंका बेला काठमाडौं उपत्यकामा खाना पकाउने ग्यास अभाव नहोस् भनेर सरकारले आज बिहानदेखि ६ वटा फरक–फरक ठाउँबाट ग्यास वितरण तथा सिलिन्डर साट्ने व्यवस्था मिलाएको छ ।

Advertisement

सरकारले ग्यास उद्योगी तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालय र विक्रेता महासंघसँग समन्वय गरी आजदेखि ३१ असोजसम्म उपभोक्ताले जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको ग्यास लिन पाउने नियम बनाइएको छ ।

Advertisement

नयाँ व्यवस्था अनुसार फरक ब्रान्डको सिलिन्डर साट्दा उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्दैन, केवल भरिएको ग्यासको तोकिएको मूल्यमात्र बुझाए पुग्छ ।

Advertisement

जुनसुकै ब्रान्डको ग्यास साटेर भरी सिलिन्डर किन्न पाइने भएपछि एक सिलिन्डर ग्यास पाउनकै लागि उपभोक्ता बिहानैदेखि लाइनमा लागेका छन् ।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार संघले तोकेका ती ६ वटा विशेष बिक्री केन्द्रमा फरक–फरक ब्रान्डका ग्यास उपलब्ध हुनेछन् । जसअन्तर्गत काठमाडौंको सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्समा एभरेस्ट र सुगम ग्यास, पेप्सीकोलामा सगर ग्यास, बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यासको बिक्री तथा साटफेर हुनेछ ।

यसैगरी सुकेधारामा बाबा र श्री ग्यास, कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा ललितपुर हरिसिद्धिमा श्रीराम ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
३१ असोजसम्म बिहान साढे ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म सिलिन्डर साट्न सकिने व्यवस्था मिलाइएको छ ।

दसैंका बेला सिलिन्डर साट्दा अतिरिक्त रकम नलाग्ने हुँदा उपभोक्तालाई ठूलो राहत मिल्ने संघ अध्यक्ष दिवान चन्दले बताएका छन् ।

उनले लाइनमा उभिएका सबै उपभोक्तालाई ग्यास दिएरै पठाउने प्रयास गरिने बताएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

घटस्थापनाका दिन बढ्यो सुनचाँदीको मूल्य

बुढीगण्डकी बाढीबाट प्रभावित ४९ जनाको उद्धार, शिशु र विदेशी नागरिकसमेत सुरक्षित स्थानमा

भर्ना विवादमा बालउद्धार माविका प्राचार्यमाथि विद्यालयमै कुटपिट, वडासदस्यका छोरासहित दुई जना पक्राउ

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

आजदेखि बडा दशैं सुरु, हनुमानढोकाको दशैंघरमा विधिपूर्वक राखियो जमरा

बुढीगण्डकीको बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

नुवाकोट–रसुवा जोड्ने फलाकु खोलामा एक्रो ब्रिज सञ्चालनमा

बूढीगण्डकीमा भीषण बाढी : ६ पुल बगायो, १० जनाभन्दा बढी सम्पर्कविहीन, ३५ घर बगायो