Pixel wave advertisement

'भर्ना विवादमा बालउद्धार माविका प्राचार्यमाथि विद्यालयमै कुटपिट, वडासदस्यका छोरासहित दुई जना पक्राउ'

असोज २५, २०८३

बूढानीलकण्ठस्थित बालउद्धार माविका प्राचार्य विनोद पण्डित आफ्नो विद्यालयको प्राङ्गणमा पिटिएका छन् । भर्नासम्बन्धी विवादमा स्थानीय युवाले उनलाई हातपात गरेका हुन् ।

Advertisement

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ परेका निशान दाहाल वडा नम्बर १० कि वडासदस्य रिता दाहालका छोरा हुन् । वडासदस्य दाहालले आफ्नी छोरीलाई विद्यालयमा भर्ना गर्न खोजेको तर प्राचार्यले म्याद सकिएको जवाफ दिएपछि विवाद भएको थियो ।

Advertisement

यस्तै विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुव घिमिरे पनि पक्राउ परेका छन् । उनले पनि आफ्नी छोरीलाई कक्षा ११ मा भर्ना गर्न माग गरेका थिए । पक्राउ पर्ने दुवैजना नेकपा एमालेमा आवद्ध छन् ।

Advertisement

सार्वजनिक भएको भिडिओ फुटेजमा प्राचार्य पण्डितसँग एक युवकले विवाद गरिरहेको देखिन्छ । कुरा नमिलेपछि युवकले प्राचार्यलाई मुक्का र लात्तिले भक्काभक प्रहार गरेका छन् ।

विद्यालय भर्नाको बहाना भए पनि विवादको जड व्यवस्थापन समितिको निर्वाचन रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

घटस्थापनाका दिन बढ्यो सुनचाँदीको मूल्य

बुढीगण्डकी बाढीबाट प्रभावित ४९ जनाको उद्धार, शिशु र विदेशी नागरिकसमेत सुरक्षित स्थानमा

अर्घाखाँचीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

दसैंमा ग्यास अभाव हुन नदिन ६ स्थानबाट सिलिन्डर साटफेर सुरु, बिहानैदेखि उपभोक्ताको लाइन

आजदेखि बडा दशैं सुरु, हनुमानढोकाको दशैंघरमा विधिपूर्वक राखियो जमरा

बुढीगण्डकीको बाढीमा फसेका ३६ जनाको उद्धार, चार हेलिकोप्टर परिचालन

नुवाकोट–रसुवा जोड्ने फलाकु खोलामा एक्रो ब्रिज सञ्चालनमा

बूढीगण्डकीमा भीषण बाढी : ६ पुल बगायो, १० जनाभन्दा बढी सम्पर्कविहीन, ३५ घर बगायो