नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाकु खोलामा बनेको एक्रो ब्रिज सञ्चालनमा आएको छ ।
४० टन भार बहन क्षमता भएको ७३.२ मिटर लामो र ५.५ मिटर चौडाको एक्रो ब्रिज सञ्चालनमा आएसँगै नुवाकोट र रसुवा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज हुने विश्वास गरिएको छ ।
साथै बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा समेत सहजता हुने विश्वास लिइएको छ।
नेपाली सेनाले निर्माण गरेको उक्त पुल एक कार्यक्रमका बीच सडक आयोजनालाई हस्तान्तरण गरिएको छ ।
नेपाली सेनाले गल्छी-रसुवागढी सडक आयोजनालाई उक्त ब्रिज हस्तान्तरण गरेको हो।
नेपाली सेनाले करिब ३०० मिटर सडक खण्डमा कठिन चट्टान फुटाइ पहुँच मार्ग निर्माण गरी २० असोजदेखि निर्माण कार्य सुरु गरेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0