आज स्थानान्तरण गरिएका सुकुमवासीलाई पाँच ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । बल्खु, वंशीघाट, बालाजु, शंखमुललगायतका क्षेत्रमा रहेका सुकुमवासीका घर टहरा आज भत्काइएको छ । ती स्थानबाट सुकुमवासी स्थानान्तरण गरिने सुकुमवासीहरूलाई पाँच स्थानमा राख्ने व्यवस्था गरिएको छ । तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, […]
आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ। कीर्तिपुस्थित टियु मैदानमा जारी खेलमा नेपालले २९० रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन जोड्यो। उपकप्तान दीपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले। ९४ बल खेलेका उनी १०० रनमा रनआउट हुन पुगे। यस्तै, विनोद भण्डारीले ५६, […]
सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूसँग छलफल गरेका छन् । अहिले राष्ट्रपति कार्यालय, शीतलनिवासमा छलफल जारी रहेको प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए । ‘अहिले छलफल भइरहेको छ,’ उनले भने । राष्ट्रपति पौडेलले शम्भु थापा, टिकाराम भट्टराई, पुर्णमान शाक्य, भिमार्जुन आचार्य, बिपिन अधिकारी र शेरबहादुर केसीलाई परामर्शका लागि बोलाएका थिए । छलफलअघि राष्ट्रपति पौडेलले […]
लगातार तेस्रो कारोबार दिन बिहीबार सेयर बजार ५.७३ अंक घटेको छ । सो कमीपछि नेप्से परिसूचक २७३८ अंकमा झरेको छ । अघिल्लो दिन २५ तथा मंगलबार पनि २६ अंक घटेको थियो । कारोबार सुरु भएको २२ मिनेटमै नेप्से परिसूचक २७०८ अंकसम्म झरे पनि त्यसपछि गिरावट दर सम्हालिएको हो । कारोबार रकम पनि केही घटेको छ […]
रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटना भएको छ । दुर्घटनामा १५ जना गम्भीर घाइते भएका छन् । जिप सडकबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीले घाइतेहरूको उद्धार कार्य जारी रहेको र १ जना सामान्य घाइते भएको जनाएको छ । दुर्घटनास्थलमा भारी वर्षा भएकोले उद्धारमा […]
बल्खु र वंशीघाट क्षेत्रका सुकुमवासीहरूले धमाधम सामान हटाउन सुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार एक विज्ञप्ति जारी गर्दै १८ वैशाख बिहान ७ बजेदेखि काठमाडौं नदी किनाराका सुकुमवासी बस्ती एकै पटक खाली गराउने सूचना निकालेसँगै त्यस क्षेत्रका सुकुमवासीहरूले आज बिहानैदेखि आफैं सामान हटाउन सुरु गरेका हुन् । प्रशासनले काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरूका […]
अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेपछि जारी तनावका कारण कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च भएको छ । ताजा आकडा अनुसार कच्चा तेलको मूल्य ११९.७६ डलर प्रतिब्यारेल पुगेको छ । यो सन् २०२२ को जुन महिनायताकै सबैभन्दा उच्च मूल्य हो । रुस–युक्रेन युद्धका कारण सन् २०२२ को फेब्रुअरी–मार्च तिर कच्चा तेलको मूल्य बढेर करिब […]
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १८ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको अर्जुनधार नगरपालिका–११ चियाबगानबाट खैरो हेरोइनसहित पाँच, फिदिम नगरपालिका–१ शनिबारेबाट दुई, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट तीन, धरान उपमहानगरपालिका–११ बाट एक र मध्यपुरथिमि नगरपालिका–१ मनोहराबाट दुई जनालई पक्राउ गरिएको हो । उनीहरुमध्ये केहीबाट चिकित्सकको सिफारिसमा मात्र […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अभियोगमा मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित सातजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । रूपन्देहीको सियारी गाउँपालिका वडा नं. २ का मृतक बेलर कहारको नाममा रहेको जग्गा फर्जी कागजातका आधारमा अन्य व्यक्तिको नाममा कायम गरेको उजुरीमाथि अनुसन्धान […]
ई–बिडिङ ह्याक प्रकरणमा अर्का एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आशिष निर्माण सेवा प्रालिका सञ्चालक रत्ननगर नगरपालिका–१२ का ७० वर्षीय ऋषिकेश गौली छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ठेक्काका विवरणहरु हेरफेरको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ । ठेक्काको आर्थिक प्रस्ताव […]