समाचार

कर्णाली करिडोरमा डोजर दुर्घटना: दुई सुरक्षित, एक अझै बेपत्ता

बाजुरा र कालिकोट जिल्लाको सिमानास्थित लैफुडाँडाको भिरबाट डोजर दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् । कर्णाली करिडोर सडकअन्तर्गत चलिरहेको डोजर करिब १५० मिटर तल भिरमा खसेको हो । डोजरमा चालकसहित तीन जना सवार रहेकामा चालक र एक जना भने सकुशल रहेका छन् भने अर्को एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ […]

सुनको भाउ फेरि उकालो: प्रतितोला २ लाख ९९ हजार नाघ्यो

नेपाली बजारमा आइतबार सुनको भाउ २ हजार ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ९६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत आइतबार ३ लाख १ हजार रुपैयाँमा सुनको कारोबार […]

मध्यपहाडी लोकमार्ग अवरुद्ध बस र ट्रकसहित दर्जनौं सवारी रोकिए

हावाहुरीसँगै परेको असिनापानीले मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । वर्षा हुँदा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । ढुंगा र लेदो सडकमा खसेपछि दर्जनौ सवारी साधन रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको अनुसार काठमाडौंबाट रुकुमपूर्व, रुकुमपश्चिम, राडी र डोल्पातर्फ गइरहेका १० वटा रात्रिकालीन बस रोकिएका छन् । त्यस्तै ६ […]

रुपन्देहीमा विशेष स्वीप अप्रेसनस:  शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा १०३ जना नियन्त्रणमा

शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १०३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले गएराति दुई घण्टाको अवधिमा १०३ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० गणेश सापकोटाका अनुसार शनिबार बुलेकी ७ बजेदेखि राति ९ बजेसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत समेतमा विशेष स्वीप अप्रेसन सन्चालन […]

झाडापखालाका कारण सात वर्षीय बालकको मृत्यु

जिल्लाको भित्री मधेश जोगबुडामा झाडापखालाका कारण एक सात वर्षीय बालकको मृत्यु भएको छ । अत्यधिक गर्मी हुने चुरे क्षेत्रअन्तर्गत परशुराम नगरपालिका–२ मा झाडापखालाको प्रकोपसँगै बालकको मृत्यु भएपछि एकै परिवारमा शोक छाएको छ । एकै परिवारका चार जनालाई एक्कासी झाडापखाला लागेपछि अस्पताल लैजाने क्रममा ७ वर्षीय बालक युवराज बुढामगरको बाटोमै मृत्यु भएको हो । जोगबुडा प्रादेशिक […]

कपिलवस्तुमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा २ जनाको मृत्यु, ३ जना घाइते

कपिलवस्तुमा नगरपालिका–१२ पिप्ररहवामा रोकिराखिएको ट्रकमा भारतीय नम्बरको कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ की ५५ वर्षीया चिन्नी कुर्मी रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा महाराजगन्ज नगरपालिका–११ का ६५ वर्षीय नन्दप्रसाद दुबे, […]

गर्भपतनमा संग्लन डा. सतिस रुपाखेती निलम्बन, ईन्दुलेखा क्लिनिक र जोनल फार्मेसी बन्द

नेपाल मेडिकल काउन्सिलको छानबिन समितिले गर्भपतनमा संग्लन डा. सतिषकुमार रूपाखेतीलाई तत्कालका लागि निलम्बन गर्न सिफारिस गरेको छ । समितिको सिफारिसका आधारमा डा. रूपाखेतीलाई मेडिकल काउन्सिलले पनि निलम्बन गर्ने निर्णय गरेको छ। काउन्सिलका रजिष्टार डा. सतिषकुमार देवले छानबिन समितिको सिफारिसका आधारमा शनिबार बसेको काउन्सिलको जुम बैठकले तत्कालका लागि डा। सतिष रूपाखेतीलाई निलम्बन गर्ने निर्णय भएको बताए […]

गर्भपतनका क्रममा मृत्यु भएकी गिता पाण्डेको ६ दिनपछी परिवारले बुझे शव

गर्भपतनका क्रममा क्लिनिक र चिकित्सकको चरम लापरवाहीले मृत्युवरण गर्नुपरेकी पाल्पाकी गिता पाण्डेको अस्पतालबाट ६ दिनपछी परिवारले शव बुझेका छन ।   प्रशासन र नेपाल मेडिकल काउन्सिलले अनुसन्धान जारी राखेकोले कानुन अनुसार नै शव बुझेर दाहसंस्कारको कार्य अगाडी बढाईएको मृतक गिताका श्रीमान प्रकाश पाण्डेले बताए । प्रहरीले गर्भपतनकार्यमा संग्लन दुईजना चिकित्सक र तिन जना क्लिनिक संञ्चालकलाई […]

तनहुँमा बस दुर्घटना

तनुहँको शेराफाँट भन्ने ठाउँमा बस दुर्घटना भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक सीडीओ दिपक रेग्मीका अनुसार, अहिले दुर्घटनाग्रस्त गाडीमा सवार घाइतेहरूको उद्धार कार्य भइरहेको छ । प्रारम्भिक जानकारी अनुसार, बसमा करिब ३० जना व्यक्ति सवार रहेको उनले बताए । यद्यपि बसमा सवार सबै यात्रुको विवरण भने प्राप्त भइसकेको छैन । उक्त यात्रुवाहक बस […]

विपिन जोशीको परिवारलाई १० लाख राहत दिने मन्त्रिपरिषद्को निर्णय

सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । गत वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको छ।‘अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजामा भएको घटनामा परी मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने,’ उनले […]