'झाडापखालाका कारण सात वर्षीय बालकको मृत्यु'

२ घण्टा अगाडि

जिल्लाको भित्री मधेश जोगबुडामा झाडापखालाका कारण एक सात वर्षीय बालकको मृत्यु भएको छ ।

अत्यधिक गर्मी हुने चुरे क्षेत्रअन्तर्गत परशुराम नगरपालिका–२ मा झाडापखालाको प्रकोपसँगै बालकको मृत्यु भएपछि एकै परिवारमा शोक छाएको छ ।

एकै परिवारका चार जनालाई एक्कासी झाडापखाला लागेपछि अस्पताल लैजाने क्रममा ७ वर्षीय बालक युवराज बुढामगरको बाटोमै मृत्यु भएको हो ।

जोगबुडा प्रादेशिक अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार झाडापखाला लागेका मृतककी आमा र अन्य तीन बालबालिका अस्पतालमा भर्ना गरिएका छन् । उनीहरूको हाल उपचार भइरहेको छ । तीनै जना बालबालिकामा झाडापखाला देखिएको र आमा भने अत्यधिक तनावका कारण प्रभावित भएको उनले बताए ।

झाडापखाला लागेका उनीहरूको हैजाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको घिमिरेले जानकारी दिए । प्रारम्भिक रूपमा फूड पोइजनका कारण झाडापखाला र बान्ता भएको आशंका गरिएको छ । उनका अनुसार हाल उपचाररत सबैको अवस्था सामान्य रहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

कर्णाली करिडोरमा डोजर दुर्घटना: दुई सुरक्षित, एक अझै बेपत्ता

सुनको भाउ फेरि उकालो: प्रतितोला २ लाख ९९ हजार नाघ्यो

मध्यपहाडी लोकमार्ग अवरुद्ध बस र ट्रकसहित दर्जनौं सवारी रोकिए

रुपन्देहीमा विशेष स्वीप अप्रेसनस:  शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा १०३ जना नियन्त्रणमा

कपिलवस्तुमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा २ जनाको मृत्यु, ३ जना घाइते

गर्भपतनमा संग्लन डा. सतिस रुपाखेती निलम्बन, ईन्दुलेखा क्लिनिक र जोनल फार्मेसी बन्द

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको नेतृत्वमा नवीन थापा मगर

गर्भपतनका क्रममा मृत्यु भएकी गिता पाण्डेको ६ दिनपछी परिवारले बुझे शव