'गर्भपतनका क्रममा मृत्यु भएकी गिता पाण्डेको ६ दिनपछी परिवारले बुझे शव'

२ मिनेट अगाडि

गर्भपतनका क्रममा क्लिनिक र चिकित्सकको चरम लापरवाहीले मृत्युवरण गर्नुपरेकी पाल्पाकी गिता पाण्डेको अस्पतालबाट ६ दिनपछी परिवारले शव बुझेका छन ।

 

प्रशासन र नेपाल मेडिकल काउन्सिलले अनुसन्धान जारी राखेकोले कानुन अनुसार नै शव बुझेर दाहसंस्कारको कार्य अगाडी बढाईएको मृतक गिताका श्रीमान प्रकाश पाण्डेले बताए ।
प्रहरीले गर्भपतनकार्यमा संग्लन दुईजना चिकित्सक र तिन जना क्लिनिक संञ्चालकलाई प्रकाउ गरि अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेहरुमा बुटवलको इँटाभट्टीमा रहेको खत्री नर्सिङ होमका संञ्चालक डाक्टर डिबी खत्री, इन्दुलेखा स्वास्थ संस्था प्रा.लि.का संञ्चालक तथा डाक्टर सतिस रुपाखेती, इन्दुलेखा स्वास्थ क्लिनिकका संञ्चालक खगेन्द्रप्रसाद पाण्डे, जोनल फार्मेसी सञ्चालक सन्ध्या बस्नेत र जोनल फार्मेसीका संञ्चालक निलम घर्ती मगरलाई प्रहरीले प्रकाउ गरेको इलाका प्रहरी कार्यालय बुटवलका डिएपी निरञ्जन श्रीवास्तवले जानकारी दिए ।

गीता पाण्डेको गर्भपतन गराउने क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तले बुटवलका विभिन्न स्वास्थ्य संस्थामा तालाबन्दी समेत गरेका थिए ।

उनिहरुलेबुटवलस्थित खत्री मेडिकल हल, इन्दुलेखा क्लिनिक र जोनल फार्मेसीमा तालाबन्दी गरेका हुन् । दोषीलाई कारबाहीको माग गर्दै उनीहरूले केही समय पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चौराहा क्षेत्रमा सडकसमेत अवरुद्ध गरेका थिए ।

मृतक गीता पाण्डे करिब १२ हप्ताकी गर्भवती थिइन् । गर्भ अस्वस्थ भएको भन्दै उनी ५ वैशाखमा श्रीमान सहित बुटवलको इँटाभट्टी क्षेत्रमा रहेको खत्री नर्सिङ होम पुगेकी थिइन् । यसअघि २७ चैतमा पनि सोही स्वास्थ्य संस्थामा जाँच गराएकी थिइन् ।

नर्सिङ होमका डा. डीबी खत्रीले गर्भ असामान्य रहेको बताउँदै ४ वैशाखमा पुनः बोलाएका थिए । त्यसपछि ५ वैशाखमा पुगेकी गीतालाई खत्री नर्सिङ होमले लोकेसन म्यापसहित जोनल फार्मेसी क्लिनिकमा पठाएको थियो । त्यहाँबाट इन्दुलेखा क्लिनिक पुर्‍याई गर्भपतन गराउने क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

नेपाल मेडिकल काउन्सिलले घटनाको निश्पक्ष छानविनको लागि सम्राट पराजुलीको सयोजकत्वमा ६ सदस्यीय छानविन समिती गठन गरी अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

तनहुँमा बस दुर्घटना

विपिन जोशीको परिवारलाई १० लाख राहत दिने मन्त्रिपरिषद्को निर्णय

शुक्रबार नेप्सेमा सामान्य सुधार, १.५४ अंकले बढ्यो

टिकटकमार्फत महिलाहरुलाई झुक्याएर ठगी गर्ने एक जना पक्राउ

सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

कैलाली र कञ्चनपुरमा लागूऔषधसहित ११ जना पक्राउ

सुन प्रतितोला २ लाख ९६ हजारमा, चाँदी ४,९४५ मा झर्‍यो

सरकारी निर्णयको विरोधमा सुकुमवासी र युवाहरू सडकमा