सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
गत वैशाख २ गते बसेको मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको छ।‘अध्ययनका लागि इजरायल गएको अवस्थामा गाजामा भएको घटनामा परी मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने,’ उनले मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै भने ।
सरकारले यसअघि मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू मात्रै सार्वजनिक गर्दै आएको थियो ।
आज भने सरकारले हालसम्मका मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0