'टिकटकमार्फत महिलाहरुलाई झुक्याएर ठगी गर्ने एक जना पक्राउ'

६ मिनेट अगाडि

अनलाईन मार्फत पार्सल तथा उपहार पठाउने बहानामा ठगीमा संलग्न इलाम फाकफोकथुम गाउँपालिका-६ का २७ वर्षीय सुजन लिम्बू भन्ने सुशन थेगिम पक्राउ परेका छन् ।

उनले टिकटकमा रोहन राजपुत नाम गरेको आईडी खोलेर नेपाली महिलासँग साथी बनेर कुराकानी गर्ने गरेका थिए ।

कुराकानीको क्रममा ‘म तिमीलाई मन पराउँछु भनी विभिन्न प्रलोभनमा पारी डलर, गरगहना लगायतका विभिन्न उपहार डीएचएल मार्फत पठाएको छु तिम्रो सामान काठमाण्डौको एयरपोर्टमा रहेको डिएचएल कम्पनीको शाखामा आइपुगिसकेको छ उक्त सामान बुझ्नको लागि तिमीले भन्सारकर बापतको रकम भुक्तानी गर्नुपर्छ’ भन्दै म्यासेज पठाउने गरेको प्रहरीले बताएको छ ।

उनले वाट्सएप 9700435331 नम्बरबाट सम्पर्क गरी विभिन्न बैंक खातामा २ लाख रकम पठाउन लगाई ठगी गर्ने गरेको काठमाडौं उपत्यका अनुराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सुजनमाथि ठगी कसुरमा अनुसन्धान थालिएको छ । उनको साथबाट मोवाइल, सिमकार्ड बरामद गरिएकव छ । ह्वाट्सएपबाट ती युवाले ४० भन्दा बढी महिललाई सम्पर्क गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सुकमवासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ

कैलाली र कञ्चनपुरमा लागूऔषधसहित ११ जना पक्राउ

सुन प्रतितोला २ लाख ९६ हजारमा, चाँदी ४,९४५ मा झर्‍यो

सरकारी निर्णयको विरोधमा सुकुमवासी र युवाहरू सडकमा

बागमति नदिकिनारमा बसदै आएका सुकुमवासीहरुले बस्ती खालि गर्न सुरु

सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा साइबर अपराध रोक्न प्रहरीलाई सकस- आईजीपी कार्की

देवदहमा बृहत् रक्तदान कार्यक्रम: ५४ युनिट रगत संकलन

ओरालो लाग्दै सेयर बजार, नेप्से २८ सयमुनि