'ओरालो लाग्दै सेयर बजार, नेप्से २८ सयमुनि'

२ घण्टा अगाडि

बिहीबार पनि सेयर बजारको गिरावट थामिएन । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १७.०१ अंक घटेको हो । विगत चार कारोबार दिनयता बजार लगातार झरेको छ ।

अघिल्लो दिन २८०४ अंकमा रहेको बजार आज २७८७ अंकमा झरेको छ । कारोबार रकम पनि उच्च दरले घटेको छ । अघिल्लो दिन ७ अर्ब ८१ करोडको कारोबार भएकोमा आज जम्मा ५ अर्ब ९ करोडको भयो ।

४६ कम्पनीको मूल्य बढ्दा २१६ को घट्यो भने ७ को स्थिर रह्यो । उत्पादन तथा प्रशोधन समूह ०.६० तथा व्यापार समूह ०.४३ प्रतिशत बढे । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.४२ प्रतिशत घट्यो । बैंकिङ ०.७७, विकास बैंक ०.०८, फाइनान्स १.०६, हाइड्रोपावर १.०५, लगानी ०.५३, जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.५३, निर्जीवन बीमा १.१९ तथा अन्य समूह ०.८५ प्रतिशत घटे ।

२ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावर छन् । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ९.२४ तथा नारायणी डेभलपमेन्ट बैंकको ५ प्रतिशत मूल्य बढ्यो ।

सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिकको मूल्य सबैभन्दा धेरै ११.७९ प्रतिशत घट्यो । सुपर खुदी हाइड्रोपावरको ७.१७, गणपति लघुवित्तको ६.३८ तथा रिजलाइन इनर्जीको ५.३३ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी, होटल फरेस्ट इन र नेसनल हाइड्रोपावर छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा बृहत् रक्तदान कार्यक्रम: ५४ युनिट रगत संकलन

भैरहवा–पोखरा विमानस्थल सुनसान, वैदेशिक व्यापारमा शून्य योगदान

मोटरसाइकलको ठक्करबाट ५ वर्षकी बालिकाको मृत्यु

भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु, २१ जना घाइते

नेपालका लागि जापानी राजदूतसँग कानुमन्त्रीको भेटवार्ता

रास्वपा सभापति रवि लामिछाने मुद्दा स् बिहीबारको सुनुवाइ स्थगित

चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु

काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्यत्र नसार्ने