शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले १०३ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले गएराति दुई घण्टाको अवधिमा १०३ जनालाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० गणेश सापकोटाका अनुसार शनिबार बुलेकी ७ बजेदेखि राति ९ बजेसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत समेतमा विशेष स्वीप अप्रेसन सन्चालन गरिएको थियो ।
अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा १०३ जनालाई नियन्त्रणमा लिइएको डीएसपी सापकोटाले जानकारी दिए ।
नियन्त्रणमा रहेकाहरुको अपराधिक गतिविधि सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0