'लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको नेतृत्वमा नवीन थापा मगर'

२ दिन अगाडि

लायन्स क्लब अफ देवदह प्रोफेशनल युथको छैठौं अधिवेशनबाट लायन्स वर्ष २०२६-२७ का लागि लायन नवीन थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा दिपेश पाण्डे, द्वितीय उपाध्यक्षमा दिनेश चौधरी, तृतीय उपाध्यक्षमा पूर्ण थापा, सचिवमा विकास श्रेष्ठ र कोषाध्यक्षमा सुरज पंगेनी रहेका छन्।

त्यसैगरी सह-सचिवमा भानु पंगेनी र सह-कोषाध्यक्षमा निशान्त भट्टराई चयन हुनुभएको छ। नयाँ नेतृत्वले आफ्नो कार्यकालमा युवाहरूलाई संगठित गर्दै नेतृत्व विकास, सामाजिक सेवा र समुदायमुखी कार्यक्रमहरूलाई थप प्रभावकारी ढंगले अगाडि बढाउने संकल्प गरेको छ।

स्थापना कालदेखि नै स्वास्थ्य, शिक्षा र जनचेतनाका क्षेत्रमा सक्रिय यस क्लबले विशेषगरी विद्यालयस्तरमा आयोजना गरेको आँखा जाँच (आई स्क्रिनिङ) शिविरमार्फत सयौं विद्यार्थीहरूको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। नवनिर्वाचित टोलीले क्लबको यो गौरवमय इतिहासलाई आत्मसात् गर्दै आगामी दिनमा सामाजिक रूपान्तरण र मानवीय सेवाका कार्यहरूलाई अझ सशक्त र परिष्कृत रूपमा लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

सङ्खुवासभाको च्याङरीङ विद्यालयमा प्रधानाध्यापक र शिक्षकबीच कार्यकक्षमै हातपात

कैलालीमा युवतीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

सुनकोशी नदीमा बेपत्ता शमशेर राई पाँच दिनपछि मृत फेला

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

बँदेलको आक्रमणबाट एक युवकको मृत्यु

काठमाडौंबाट पोखरा जाँदै गरेको ईभी माइक्रो धादिङमा दुर्घटना

सरकारी ठेक्कामा ‘डकुमेन्ट’ हेरफेर गरेको आरोपमा दुई जना पक्राउ

कर्णाली करिडोरमा डोजर दुर्घटना: दुई सुरक्षित, एक अझै बेपत्ता