'नेपालको शानदार जित, ओमान ८१ रनले पराजित'

४ घण्टा अगाडि

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ।

भर्खरै सम्पन्न खेलमा नेपालले ओमानलाई ८१ रनले हराएको हो। नेपालले दिएको २५६ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै अलआउट भयो।

विनायक शुक्लाले ३६, हमाद मिर्जाले ३४, हस्नइन उल वाहवले २९, हस्नइन शाहले १४ तथा नदीम खानले १२ रन बनाए।

बलिङतर्फ नेपालका गुलशन झा एक्लैले पाँच विकेट लिए। यस्तै, दीपेन्द्र सिंह ऐरी, करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले एक–एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन जोड्यो।

आरिफ शेखले अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गर्दै नेपालको लक्ष्य २५० पार गरे। उनले २४ बलमा ४३ रन जोडे।

यस्तै, ओपनर आसिफ शेखले ९४ रनको सानदार पारी खेले। अर्जुन कुमालले ४८, दिपेन्द्र सिंह ऐरीले ३३, आरिफ शेखले गुलशन झाले १७ रन बनाउँदा विनोद भण्डारी र करण केसीले खाता समेत खोल्न सकेनन्। सन्दीप लामिछाने १ रनमा रनआउट हुन पुगे।

कप्तान रोहित पौडेल ९ रन जोडेर आउट हुँदा नन्दन यादवले २ रनमात्रै जोडे।

बलिङतर्फ ओमानका नदीम खानले तीन तथा शकिल अहमद र हस्नइन शाहले दुई–दुई विकेट लिए भने जितेन रमानन्दी र आर्यान बिष्टले सफलता हात पारे।

यसअघिको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा वृहत् निःशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न, १८३ जना लाभान्वित

सप्तरीमा विभिन्न मुद्दाका १० फरार प्रतिवादी पक्राउ

सरकारद्वारा संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

निर्माण व्यवसायीको सरकारलाई अल्टिमेटम: मूल्य समायोजन नभए काम बन्द

जाजरकोटमा लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ

ओमानविरुद्ध नेपालद्वारा २५७ रनको लक्ष्य, आरिफको आक्रामक अन्त्य

आज रुपन्देही र कपिलवस्तु लगाएतका ठाउमा तीव्र हावाहुरीको चेतावनी, सावधानी अपनाउन आग्रह