'सरकारद्वारा संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस'

३ घण्टा अगाडि

सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार, यही वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस भएको हो ।

यसअघि मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले १७ वैशाख दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

तर आह्वान भएकै भोलिपल्ट सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरे ।

अधिवेशन स्थगित गरेर सरकारले विभिन्न ८ वटा अध्यादेशहरू जारी गरेको छ ।

सरकारले जारी गर्नका लागि पठाएकामध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएका थिए । उक्त अध्यादेश हिजो बसेको मन्त्रिपरिषद् बैठकबाट पुनस् सिफारिसका लागि पठाइएको थियो ।

आजै राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरिसकेका छन् । राष्ट्रपतिले अध्यादेश जारी गर्नासाथ मन्त्रिपरिषद् बैठक बसेर संसद् अधिवेशन आह्वान गरिएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सप्तरीमा विभिन्न मुद्दाका १० फरार प्रतिवादी पक्राउ

नेपालको शानदार जित, ओमान ८१ रनले पराजित

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

निर्माण व्यवसायीको सरकारलाई अल्टिमेटम: मूल्य समायोजन नभए काम बन्द

जाजरकोटमा लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ

ओमानविरुद्ध नेपालद्वारा २५७ रनको लक्ष्य, आरिफको आक्रामक अन्त्य

आज रुपन्देही र कपिलवस्तु लगाएतका ठाउमा तीव्र हावाहुरीको चेतावनी, सावधानी अपनाउन आग्रह

स्मार्ट टेलिकमका पूर्व प्रबन्ध निर्देशक सर्वेश जोशी ठगी आरोपमा पक्राउ