'सप्तरीमा विभिन्न मुद्दाका १० फरार प्रतिवादी पक्राउ'

४ मिनेट अगाडि

सप्तरीमा विभिन्न मुद्दाका दस जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले मङ्गलबार विज्ञप्ति जारी गर्दै विभिन्न मुद्दाका प्रतिवादी पक्राउ परेको जानकारी दिएको छ ।

ज्यान मार्ने उधोग, लागु औषध, लुटपिट, सवारी ज्यान, अभद्र व्यवहार लगायतका विभिन्न मुद्दाका १० जना प्रतिवादी पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले विज्ञप्तिमार्फत जानकारी दिए।

लुटपाट मुद्दाका प्रतिवादी सप्तरी खडक नगरपालिका–५ का राजोदेवीकुमारी मण्डल, कारीदेवी मण्डल, रामदुलार मण्डल, रिताकुमारी मण्डल, दिपेशकुमार मण्डल, सेवरीदेवी मण्डल, रञ्जनाकुमारी मण्डल पक्राउ परेका हुन।

पक्राउ परेका प्रतिव्यक्तिसँग एक सय ९६ रुपियाँ जरिवाना तोकिएको छ । यसैगरी लागु औषध मुद्दामा २ दिन कैद सजाय तोकिएका राजविराज–७ का धिरेन्द्रकुमार साह रहेका छन । उनिहरूलाई कैद तथा जरिवाना भुक्तानका लागि सोमबार नै सप्तरी जिल्ला अदालत राजविराज दाखिला गरिएको प्रवक्ता पुरीले जानकारी दिए।

यसैगरी सवारी अङ्गभङ्ग मुद्दामा तिरहुत गाउँपालिका–५ का वर्ष २० को शिवशङ्कर यादव र ज्यान मार्ने उधोग मुद्दामा सुरुङ्गा नगरपालिका–९ का वर्ष ४० को काशिन्द्र साह, अभद्र व्यवहार मुद्दाका प्रतिवादी चितवन राप्ती नपा–९ बस्ने वर्ष ३० को रामबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका प्रतिवादीविरुद्ध जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद थपगरी अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता पुरीले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपालको शानदार जित, ओमान ८१ रनले पराजित

सरकारद्वारा संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

निर्माण व्यवसायीको सरकारलाई अल्टिमेटम: मूल्य समायोजन नभए काम बन्द

जाजरकोटमा लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ

ओमानविरुद्ध नेपालद्वारा २५७ रनको लक्ष्य, आरिफको आक्रामक अन्त्य

आज रुपन्देही र कपिलवस्तु लगाएतका ठाउमा तीव्र हावाहुरीको चेतावनी, सावधानी अपनाउन आग्रह

स्मार्ट टेलिकमका पूर्व प्रबन्ध निर्देशक सर्वेश जोशी ठगी आरोपमा पक्राउ