जाजरकोटमा लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।
शिवालय गाउँपालिका–१, छेडाचौर बजारमा नलगाड नगरपालिका–७ का सौगात सुनार, नरेन्द्र सुनार, भूपेन्द्र सुनार र नेत्रबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालगन्जबाट जाजरकोटतर्फ आउँदै गरेका २० वर्षीय सौगात सुनार, २३ वर्षीय नरेन्द्र सुनार, २६ वर्षीय भूपेन्द्र सुनार र १८ वर्षीय ‘कवि’ भन्ने नेत्रबहादुर सुनारको साथबाट छुट्टाछुट्टै सात वटा प्लास्टिकका पोका भित्र ३ ग्राम १९० मिलिग्राम ब्राउन सुगर, दुई वटा मोबाइल र विभिन्न दरका २१ हजार ९० रुपियाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार पक्राउ परेका माथि जाजरकोट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।