'बैतडीमा घरको छतबाट खसेर मजदुरको मृत्यु, प्रहरी अनुसन्धान जारी'

२ मिनेट अगाडि

बैतडीको शिवथान गाउँपालिका–६ सुल्लेखानमा घरको छतबाट खसेर एक मजदुरको ज्यान गएको छ ।

बर्दिया जिल्ला बाँसगढी नगरपालिका–४ स्थायी घर भएका ६५ वर्षीय जगतराम थारुको मृत्यु भएको हो ।

थारु पाटन–पञ्चेश्वर सडक खण्डमा कार्यरत मजदुर थिए । उनि सुल्लेखानस्थित उद्धवसिंह धनाडीको घरमा भाडामा बस्दै आएका थिए । उनिसँगै उनका भतिज गुरीलाल थारु पनि सोही घरमा बसदै आएका थिए ।

सोमबार बिहान करिब ३–४ बजेतिर बाथरुम जाने क्रममा छतबाट लड्दा उनको ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको टोलीले आवश्यक अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक बल्देव बडुले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

कैलालीमा तालिमरत सशस्त्र प्रहरी जवानको उपचारका क्रममा मृत्यु

नेप्से घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”