'कैलालीमा तालिमरत सशस्त्र प्रहरी जवानको उपचारका क्रममा मृत्यु'

१ घण्टा अगाडि

कैलालीमा तालिमरत प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानको मृृत्यु भएको छ ।

छाती र टाउको दुखेर बेहोस भएका दार्चुलाको नौगाड गाउँपालिका–१ का महेश महताको उपचारको क्रममा ज्यान गएको हो ।

सशस्त्र प्रहरी बल नेपाल बडिमालिका जवान तालिम शिक्षालय बनबेहडाका अनुसार सोमबार राति १ बजेबाट छाती र टाउको दुखेपछि उपचारका लागि उनलाई अत्तरियास्थित सशस्त्र प्रहरीको फिल्ड अस्पतालमा लगिएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि अत्तरिया अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ । परीक्षणका लागि मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । यसअघि, स्वास्थ्य परीक्षणमा पूर्ण स्वस्थ महता अचानक बिरामी परेका जनाइएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बैतडीमा घरको छतबाट खसेर मजदुरको मृत्यु, प्रहरी अनुसन्धान जारी

नेप्से घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”