'आज रुपन्देही र कपिलवस्तु लगाएतका ठाउमा तीव्र हावाहुरीको चेतावनी, सावधानी अपनाउन आग्रह'

४ घण्टा अगाडि

काठमाडौं । देशका विभिन्न स्थानमा आज (वैशाख २२) तीव्र हावाहुरीको पूर्वानुमान छ ।

दिउँसो बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यस दिन राति कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।

“हावाहुरीबाट जोगिने उपायहरू अपनाउन अनुरोध छ,” विभागले मंगलबार बिहान सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

ताप्लेजुङ, ओखलढुंगा, जिरी र जोमसोममा पानी पर्ने सम्भावना ६० प्रतिशत रहेको विभागले जनाएको छ ।

“हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ,” विभागले भनेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

निर्माण व्यवसायीको सरकारलाई अल्टिमेटम: मूल्य समायोजन नभए काम बन्द

जाजरकोटमा लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ

ओमानविरुद्ध नेपालद्वारा २५७ रनको लक्ष्य, आरिफको आक्रामक अन्त्य

स्मार्ट टेलिकमका पूर्व प्रबन्ध निर्देशक सर्वेश जोशी ठगी आरोपमा पक्राउ

प्रहरीको साइबर ब्युरोको प्रतिनिधि बनेर ठगी गर्ने पक्राउ

बैतडीमा घरको छतबाट खसेर मजदुरको मृत्यु, प्रहरी अनुसन्धान जारी

कैलालीमा तालिमरत सशस्त्र प्रहरी जवानको उपचारका क्रममा मृत्यु