'प्रहरीको साइबर ब्युरोको प्रतिनिधि बनेर ठगी गर्ने पक्राउ'

१ मिनेट अगाडि

नेपाल प्रहरीको साइबर ब्युरोको प्रतिनिधि बनेर ठगी गर्ने चार जना पक्राउ परेका छन् ।

ट्रयुकलरमा समेत साइबर ब्युरो भोटाहिटीको नाम राखेर विभिन्न व्यक्तिहरूलाई फोन गरी डर, त्रास तथा प्रलोभनमा पारेर रकम असुल्ने गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको साइबर ब्युरोका सूचना अधिकारी दिलीपकुमार गिरीले जानकारी दिए ।

पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका-३ का दीपक लिम्बू, सुनसरीको धरान उपमहानगरपालिका-९का सौरव भुजेल, धरान उपमहानगरपालिका-१३ का सजल राई र इनरुवा नगरपालिका-६ का सृजन थापा छन् ।

शनिबार पक्राउ परेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान गरिएको ब्युरोले लजनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बैतडीमा घरको छतबाट खसेर मजदुरको मृत्यु, प्रहरी अनुसन्धान जारी

कैलालीमा तालिमरत सशस्त्र प्रहरी जवानको उपचारका क्रममा मृत्यु

नेप्से घट्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु