Pixel wave advertisement

'डिपिएल तेश्रो संस्करणको उपाधि बिर्ता राईनोजलाई'

कार्तिक २४, २०८३

देवदह । देवदह प्रिमियर लिग (डिपिएल) को उपाधि बिर्ता राईनोजले जीतेको छ । सोमबार सम्पन्न फाइनल खेलमा खैरेनी ग्ल्याडिएटर्स लाई २६ ले पराजित गर्दै बिर्ता राईनोज तेस्रो सिजनको उपाधि रक्षा गरेको हो ।
सोमबार फाइनल खेलमा टस जितेर बिर्ता राईनोजले २० ओभरमा ६ विकेटको क्षतिमा १५८ रन बनायो । बिर्ता राईनोजका लागि अमित यादवले अभिजित ५१ रन, ईन्द्रजित यादवले ३६ र अर्बार अलिले ३४ रन प्रहार गरे । खैरेनीका लागि सुरज शारु र शाजाद आलामले समान २-२ विकेट लिएका थिए।

Advertisement

जवाफमा १५९ रनको लक्ष्य सहित मैदानमा उत्रिएको खैरेनी ग्य्लाडिएटर्सले २० ओभरको समाप्तीमा ९ विकेटको क्षतीमा १३२ रनमा समेटिएपछि खेल बिर्ताले जितेको हो । खैरेनीका लागि रुपेश कुर्मीले ४५ रन, सागर काफ्ले र अनिल यादवले समान १४-१४ रनको योगदान दिएपनि त्यो जितको लागि प्रयाप्त हुन सकेन । खैरेनीलाई जितबाट रोक्नको लागि बिर्ताका धर्मेन्द्र यादवले ३ विकेट, अमित पाठक र ईन्द्रजित यादवले २-२ विकेटको योगदान गरे । खेलमा बिर्ता राईनोजका अमित यादव प्लेयर अफ दि म्याच घोषित भए ।

Advertisement

फाईनल खेल सकिएसंगै विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको छ । देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले एक समारोहका बिच विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार, शिल्ड तथा मेडल प्रदान गरे ।

Advertisement

प्रतियोगितामा विजेता बनेसँगै प्रथम हुने बिर्ता राईनोजले नगद २ लाख रुपैंयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता खैरेनीले नगद १ लाख सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक गोपाल भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
Advertisement
Advertisement
Why birth certificate
Notice
यो पनि पढ्नुहोस

विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै न्यू एकेडेमीको स्काउट मित्रता क्याम्प सम्पन्न

न्यू एकेडेमीको स्काउट मित्रता क्याम्पमा दोस्रो दिन क्याम्प फायरसहित साहसिक गतिविधि सम्पन्न

न्यू एकेडेमीमा स्काउट फ्रेण्डसिप क्याम्प सुरु, ११५ स्काउट सहभागी

देवदहमा नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न

एनआरएनए रोमानियाको नयाँ कार्यसमिति गठन: अध्यक्षमा गोमा देवी थापा मगर

जितगढी किल्ला : जहाँ नेपाली वीरताले अंग्रेज फौजलाई पराजित गर्यो (भिडियाे)

देवदह प्रिमियर लिग (डीपीएल) : ढेकावर योद्धाज् २३ रनले विजयी

एनपीएल–३ मा आज जनकपुर र काठमाण्डु तथा कर्णाली र विराटनगरबीच खेल हुँदै